किराँती खम्बु राई साँस्कृतिक संस्थानको जनजाति सम्बन्धी सभा

दार्जिलिङ, अक्टोबर २७: आज किराँती खम्बु राई सांस्कृतिक संस्थानको एक सभा दार्जीलिङकाे गोदनिस कन्फरेन्स हलमा आयोजित गरिएको थियो, उक्त सभा संस्थानको जनजाति समितिले अहिले सम्म के के कार्य गर्यो, साथै हालैको परिवेशमा जनजातिको मुद्धा कुन अवस्थामा छ र संस्थानले जनजाति विषयमा के गर्नुपर्ने बिशेष चर्चा परचर्चा भयो। किराँती खम्बु राई सांस्कृतिक संस्थानको जनजाति समिति अध्यक्ष साथै ११ जनजाति महासंघ काे अध्यक्ष श्री एम एस राई ले जनजाति मुद्धा बिषय सम्पुर्ण बिवरण सभामा प्रस्तुत गर्नु भयो। खम्बु राई काे दुई दुई पल्ट आर.जी.आई ले अस्वीकार गरि सकेको हुनाले, संस्थानले आर.जी.आई लाई उचित जवाफ दिनको निम्ति उक्त बिषयमा विश्लेषण गरी जनजातिको पाँच मापदण्डहरु समावेश गरी एथनोग्राफिक रिपोर्ट पनि तयार भई सकेको जनजाति अध्यक्ष श्री एम एस राई ले सभामा जानकारी दिनुभयो। अहिलेको नयाँ समीकरण अनुसार, उक्त रिपोर्ट सिक्किम सँग पनि साझा गरी, सिक्किम-दा्जीलिङ काे एकै किसिमको रिपोर्ट बनाई केन्द्र सरकार समक्ष प्रस्तुत गरिने जानकारी श्री एम एस राई ले सभालाई दिनु भयो। केन्द्र सरकार पनि दार्जीलिङ पहाडको जनजाति मुद्धा प्रति अहिले सकारात्मक रहेको साथै सिक्किम सरकारको पनि पुर्ण सहयोग रहेको हुनाले हामी सबै आशावादी रहेको जानकारी श्री एम एस राई ले जनाउनु भएको छ।

दार्जिलिङ, कालिम्पोङ, खरसाङ, सिलिगुडी, मिरिक, सुकीया खण्ड समिति, पुलबजार विजनबारी खण्ड समिति, रिम्बिक सबै क्षेत्रबाट संस्थानका सदस्यहरूको आजको सभामा उपस्थिति थियो। आजको सभामा संस्थानको जनजाति समिति लाई अझ बलियो बनाउन साथै मुद्दा लाई थप सहयोग प्रदान गर्न संस्थानको अझै छ दक्ष सदस्यहरू समितिमा थप गर्न सभाले अनुमति दिएको छ। आज सभाले पारित गरेको संस्थानको जनजाति समितिकाे निम्ति नयाँ सदस्यहरू यस प्रकार छ: कालिम्पोङ जिल्ला बाट श्री अरुण राई, पूलबजार विजनबारी खण्ड बाट श्री मदन थुलुङ, दार्जीलिङ हरसिङ बाट श्री मोहन राई, तकदाह बाट डा. एम के दुमी, दार्जीलिङ बाट सुश्री सुरेखा राई अनि डा. स्मृति राई हुनुहुन्छ। आउने दिनहरुमा सस्थानकाे जनजाति समिति अझ सशक्त बनाउने सभामा पारित भएको छ। आजको सभा अध्यक्ष श्री मेगराज राई हुनु हुन्थियो भने सुश्री सुरेखा राई द्वारा सभा सञ्चालन गरिएको थियो।

 

Comments (0)
Add Comment