दिनांक २३ अगस्त २०२५ शनिबार: जनगणना सुझाव समितिको प्रथम बैठक केन्द्रिय सभापति श्री मेघराज राईपाको अध्यक्षतामा संस्थानको केन्द्रिय कार्यालय परिसरमा सम्पन्न भयो। सभामा केन्द्रीय महासचिव श्री उधयान राई पनि उपस्थित हुनुहुन्थ्यो र उपस्थित जनगणना सुझाव समितिको सदस्यहरु बाट आ-आफ्नो क्षेत्र को सुझावलाई सभामा राख्नु भयो। यस महत्वपूर्ण सभामा तीन विषय माथि चर्चा भयो जस्तै: धर्म, भाषा र जाती लाई आगामी जाती जनगणनामा लेखिनु पर्ने र निकाय बाट आधिकारिक कागज पत्र ननिस्केको हुनाले अहिले नै समितिले निर्णय लिन सकिएन। यसलाई आ-आफ्नो क्षेत्र भित्र गहिराईमा नै सर्वेक्षण गरेर अर्को सभामा फलाफल हुन पर्ने सभाको अन्तिम निर्णय भयो। अनुपस्थित सदस्यहरुले पनि भिडियो सम्मेलन सम्पर्क बाट नै आफ्नो उपस्थिति जाहेर गर्दै आ-आफनो पक्ष राख्न भयो।
आजको बिशेष सभामा कालीम्पोङ्, मिरिक्, सिलिगुरि, बागडोग्रा, खर्साङ्, तकदाह्, सुकिया खण्ड समिति, रिम्बिक्, पुल्-बिजनबारी खण्ड समिती आदी क्षेत्रहरु बाट जनगणना सुझाव समिति सदस्यहरुको उपस्थिती थियो, साथै डुवर्स अलिपुरदुवार बाट श्री प्रशान्त थुलुङले पनि भिडियो सम्मेलन मार्फत आफ्नो बक्तब्य राख्नु भएको थियो ।
अन्तमा सभापतिले आफ्नो वक्तव्य राख्दै यो विषय जटिल र सोध कार्य हो भन्दै सभा सम्पन्न भयो।
झाराबी सेवा, सेवान ने:
सानुवा चाम्सो तोइसिककी,
नुमुलु लमसो परोइसीकती।
(अज्ञानतामा रुमिलियौ, ज्ञान लिएर अघि सरौ)
डाक्टर एम के दुमी राई,
समिति संयोजक,
जनगणना सुझाउ समिति,
किराँती खम्बू राई सांस्कृतिक संस्थान।