सुचना
सभापति/सचिव,
जिल्ला/महकुमा/खण्ड/ग्राम पंचायत/सम्पुर्ण शाखाहरु,
किराँती खम्बू राई सांस्कृतिक संस्थान।
विषय: संस्थानको सक्रिय सदस्यता सूची एवम वार्षिक सदस्यता शुल्क
किराँती खम्बु राई सांस्कृतिक संस्थानको निम्न लिखित सूचीमा उल्लेख गरिएका शाखाहरुले मात्र सुचारु रुपले वार्षिक सदस्यता शुल्क भुक्तान गरेर हाम्रो संस्थानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ। यसरी, संस्थानको प्रत्येक कार्यहरूमा यहाँ उदघृत शाखाहरूले संस्थानलाई उल्लेखनीय योगदान गरिरहेको हामी सूचित गर्दछौं। यसर्थ, संस्थानले पनि यस सुचीमा उल्लेख भएका शाखाहरुलाई कुनै पनि सरकारी सहुलियत – प्रावधानमा विषेश प्राथमिकता रहने कटिबद्ध व्यक्त गर्दै हार्दिक कृतज्ञता जनाउदछौं।
साथ साथै संस्थानमा सूचीबद्ध नरहेका सबै शाखाहरुलाई आफ्नो सदस्यता शुल्क भुक्तान गरि संस्थानको यस सक्रिय सदस्यता सूचीमा सूचीबद्ध हुन सबै शाखाहरु लाई हार्दिक अनुरोध गर्दछौं।
आलाङने!🙏
केन्द्रीय समिति,
किराँती खम्बू राई सांस्कृतिक संस्थान।