February 13, 2022: An evaluation meeting for the formation of Gram Panchayat committees all over Darjeeling region was held at GDNS. The meeting was presided over by the President of KKRSS Dr. Pratap Singh Rai.
दिनांक १३/०२/२२ आईतबार को दिन गो°, दु°, नि°, स° लाइब्रेरी हलमा किराँती खम्बु राई सांस्कृतिक संस्थान दार्जीलिङ जिल्ला समिति को तत्वधानमा आधिकारिक सभा सम्पन्न भयो, उक्त सभाकाे सन्चालन जिल्ला प्रवक्ता श्री प्रशान्त थौंग्रेपा ज्यु ले गर्नु भएको थियो सभाको सभाध्यक्ष केन्द्रीय समिति सभापति डा°, प्रताप सिंह राई ज्यूको अध्यक्षतामा सभा सम्पन्न गरियो । उक्त सभाको मुल उद्देश्य महकुमा/ खण्डका सभापति, सचिवहरुलाई ग्राम पञ्चायत गठन गर्ने जुन जिम्मेवारीता दिइएको थियो त्यसको समिक्षा साथै आ-आफ्नो महकुमा-खण्डकाे अहिले सम्मकाे कार्यको प्रतिबेदन प्रस्तुत सम्वन्धी।सबै सभापति , मूल सचिव, सह सचिव, ज्यु हरु ले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भयो । पेश गरिएको प्रतिबेदन प्रस्तुतीद्वारा थाहा लाग्यो कि आजसम्म पूर्ण रूपले ग्राम पञ्चायत गठन गरिने कार्य पूरा नभएको । बिजनबारी ब्लक अन्तर्गतमा पर्ने पुल बिजनबारी खण्डका सह सचिव श्री मण्डल राई ज्युले मात्र आफ्नो ग्राम पञ्चायत गठन गरिनेकार्य पुरा गर्नु भएको जानकारी दिनुभयो । यसर्थ खरसाङ/मिरिक महकुमा/ विजनबारी/ सुुखिया/ रङली रुङ्लियोट/ अनि दार्जीलिङ नगरपालिका अन्तर्गत पर्ने ग्राम पञ्चायत यो आउँदो मार्च महिनाकाे अन्तिम सप्ताह भित्र पुर्ण रुपले गठन गरी आ आफ्नो प्रतिवेदन बुझाइदिने सबैलाई निवेदन गर्दछौं। जतिपनि गठन गरिएका ग्राम पञ्चायतका नवगठित सभापति सचिवहरुले केन्द्रीय कार्यालयमा सम्पर्क गरी individuals member ship from लगेर आफ्नो आफ्नो ग्राम पञ्चायतकाे वार्डका सदस्यहरुलाई वितरण गरिदिन हुन निवेदन गर्दछौं।