First Central Committee meeting held

October 3, 2021, Darjeeling: After 14 days following the formation of the Central Committee on September 19, 2021, the first central committee meeting was held at GDNS library hall. 43 Central committee members were present from across the Darjeeling hills and plains. The quorum of the Meeting was 36 members. Founder members Shri Hemu Rai, Shri Bharat Prakash Rai, Shri Bijay Kumar Rai, Shri Gajendra Rai and Shri Kailash Rai were also present in the first Central committee meeting.

The legal advisor of KKRSS, Shri Pranay Rai has democratically and unanimously elected and formed three committees to look into the related issues, viz. Finance Committee, Schedule Tribe committee and Handing/Taking over the committee. The president of Finance, Schedule Tribe and Handing/Taking over committees are Shri Gajendra Rai, Shri M. S. Rai, and Shri Santosh Rai respectively.

Meanwhile, Shri C. R. Rai is unanimously elected as a new Patron of KKRSS.

 

केन्द्रिय समिती गठन भएको १४ दिन पस्चात पहिलो केन्द्रिय समिती सभा सम्पन्न

दार्जीलिङ, अक्टोबर ३: किराती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रिय समितिको सभा गोदुनिस लाईब्रेरी हलमा आईतवार को दिन सम्पन्न भएको थियो । केन्द्रिय समितिको नव निर्वाचित कुल १०८ सदस्यहरु मध्ये ४३ जना सदस्यहरु साथै संस्थापक सदस्यहरुको उपस्थिती थियो । सभाको कोरम ३६ जना सदस्यहरु हुन। संस्थापक सदस्यहरुमा श्री हेमु राई, श्री भरत प्रकाश राई, श्री विजय कुमार राई, श्री गजेन्द्र राई र श्री कैलाश राई उपस्थित थिए।

संस्थानका कानुनी सल्हाकार तथा चुनाउ समितिका प्रमुख श्री प्रणय राई ले कुशल र लोकतान्त्रिक प्रकृयामा चुनाउ सन्चालन गरेर तीन तीन वटा समिती गठन गर्नु भएको थिए ।

अक्टोबर ३ को सभामा संस्थानको प्रमुख संरक्षक को रुपमा श्री सि आर राई सर्वसम्मतिले निर्वाचित हुनु भएको छ।

जनजातिको मुद्धालाई बिषेश प्राथमिकता दिदै आज छुट्टै जनजातिसमिती गठन भयो जसको प्रमुख श्री एम एस राई र उपाध्यक्ष को रुपमा श्री एम सि राई सर्वसम्मतिले निर्वाचित हुनु भएको छ । ११ जनजाति संघको सन्धर्भमा संस्थानको अडान तटस्थ रहनेछ, हामी तुरुन्तै हाम्रो सम्बन्ध बिच्छेद गर्दैनौं तर हामी हाम्रो आफ्नै तरीकाले काम गर्नेछौं भन्ने अडान सबै सदस्यहरूले लिए।

आजको सभाले वित्त समिति पनि गठन गर्‍यो जसको प्रमुख श्री गजेन्द्र राई निर्वाचित हुनु भएको छ। समितिले संस्थानको वित्त स्थिती र आर्थिक नितिलाई सुनियोजित गर्नेछ।

संस्थानले बिगत को अनियमितताहरु लाई ध्यानमा राखेर हस्तान्तरण समिती पनि गठन गर्‍यो जसको जिम्मेवारी सर्वसम्मतिले निर्वाचित गरी श्री सन्तोश राई लाई सुम्पिएको छ।

कुल जनसंख्या जनगणना लाई पनि ध्यान दिएर स्ंस्थानले अब नयाँ सदस्य दर्ता फारम बितरण गर्ने भएको छ जसमा सम्पूर्ण परिवार र परिवारको पछा-सामेत सम्मको बिवरणलाई समावेश गरिनेछ।

संस्थानका सबै ग्राम पंचायत समितिहरु ३१ डिसेम्बर २०२१ सम्ममा गठन गर्ने सहमति पहिलो केन्द्रिय समितिको सभाले जनाएको छ।

संस्थानलाई अब चाडै नै डिजिटाइज र अन्लाईन गर्ने हेतुले www.kkrss.org पनि online दर्ता भई सकेको छ्, साथै समाजिक संजाल (facebook/Twitter/Instagram)मा पनि सकृय गराइने छ । सस्थानलाई पार्दर्शी गर्दै सबै कार्यक्रम्, गतिविधिहरु प्रकाशित गरिनेछ । संस्थानको मुख पत्र (अंग्रेजी/नेपाली) 6 महिनामा एक पल्ट प्रकाशित गरिने संस्थानको महासचिवले सभालाई जानकारी दियो।

संस्थानले आउने दिनहरुमा राई सांस्कृतिक उपकरण संगीत प्रतियोगिता, गुलेली प्रतियोगिता राख्ने स्ंकल्प गरेको आजको सभालाई अधक्ष्य डाक्टर प्रताप सिंह राईले सभालाई बताउनु भयो । साथै शाखाहरुले दिनुपर्ने पुराना रहल रकम पनि केन्द्रिय समितिलाई बुझाइ दिने नम्र निवेदन अधक्ष्यले सम्मन्धित शाखाहरुलाई गर्नु भयो ।

आज केन्द्रिय समितिको पहिलो सभामा अति नै चाखलाग्दा बिषयहरु: जनजातिको मुद्धामा कानुनी सल्लाहकार श्री प्रणय राई, श्री एम एस राई, श्री एम सि राई र श्री बिजय कुमार राई द्वारा सान्दर्भिक सम्बोधनहरु; पाछा र सामेत को बिषय सम्बन्धी डाक्टर प्रताप सिंह राई, श्री बिजय कुमार राई, श्री मदन थुलुङ्, श्री मनी कुमार राई, महानुभावहरुको रोचक यथार्थपरक तर्कहरुले सभालाई ज्ञान दर्शन दिएको थियो ।

सभालाई श्री किशोर मुक्सु राई ले सञ्चालन गर्नुभएको थियो भने सभा व्यवस्थापन श्री अनुप राई, श्रीमती स्मृती राई र श्री दिवस राईले गर्नु भएको थियो।

 

Comments (0)
Add Comment