Mangkhim Committee meeting at CC office

February 12, 2024: आज दिनांक 12/02/2024 को दिन किराँती खम्बु राई सांस्कृतिक संस्थान माङखीम समितिको जरूरी सभा केन्द्रीय समितिको कार्यलयमा सम्पन्न भयो, बिशेष दिनांक 31/01/24 का दिन भएको माङ्खिम समितिको सभाले निर्यण लिए बमोजिम महाकाल डाँडा माङ्खिमका माङमा शोभा राई अनि माङ्पा सरण राई माझ मा भएको समस्यालाई आज दिनांक 12/02/2024 सोमबारकाे दिन दुवै पक्षको कुराहरूलाई सुनेर समस्यालाई समाधान गर्ने निर्णय लिएको थियो, सोही अनुरूप दुवै पक्ष लाई अनिवार्य रूपमा शाखाको प्रमाण पत्र सहित आजको सभामा उपस्थित हुन पत्र द्वारा निर्देशन दिएको थियो। तर श्री माङ्पा सरन राई आज उपस्थित हुन सक्नु भएन साथै कुनै सूचना पनि समितिले पाउन सकेन।

तसर्थ, आजको माङ्खीम समितिको सभाले माङपा सरण राई सभामा उपस्थित हुन नसक्नुनै वहाँ दोषी ठहर भएको प्रमाण पुष्टी गर्दछ, साथै निम्नलिखित बुँदाहरू सर्वसम्मतिले सभाले निर्णय गरेको छ:

1. माङपा सरण राई अब उप्रान्त महाकाल डाँडा माङखिममा उपस्थिती दिनु पाउने छैन र कुनै माङ सेवा कार्यहरू माङखिम परिसर भित्र गर्न पाउने छैन्।

2. सभाले माङपा सरण राई लाई अर्को सूचना नभएसम्म निलम्बित गरिएको छ।

3. माङमा शोभा राईले सधैं झैं आफ्नो उपस्थिति र सबै माङ सेवाहरु सुचारु रुपले संचालन गर्ने र सबै भक्तजनहरूको पूजा लाई यथावत राख्नेछ।

आलाङगने।

 

(हस्ताक्षर)
माङखिम समिति अध्यक्ष: श्री किशोर राई

(हस्ताक्षर)
केन्द्रिय समिति अध्यक्ष: डाक्टर प्रताप सिंह राई

(हस्ताक्षर)
माङखिम समिति सचिव:

(हस्ताक्षर)
माङखिम समिति सदस्य:

Comments (0)
Add Comment