Release of the book Nakima -Chamling Dictionary

July 31, 2022: Nakima (Chamling dictionary), a book published by KKRSS, was officially launched today at the Nepali Sahitya Sammelan, Sudhapa Hall, Darjeeling, by Dr. Sujata Rani Rai, the chief guest. The author of the book Mr. Birendra Chamling is a teacher and a resident of Reambik Danda village.

 

पुस्तक नाकिमा (चाम्लिङ शब्दाअर्थ) को विधिवत बिमोचन

July 31, 2022: किराँती खम्बु राई सांस्कृतिक संस्थान द्वारा प्रकाशित पुस्तक नाकिमा (चाम्लिङ शब्दार्थ) को आज नेपाली साहित्य सम्मेलन, सुधापा हल, दार्जीलिङमा, प्रमुख अथिति डाक्टर सुजाता रानी राई द्वारा आधिकारिक बिमोचन भयो। पुस्तकको लेखक श्री बिरेन्द्र चाम्लिङ रीमबिक डाँडा गाउँ निवासी हुनुहुन्छ। कार्यक्रममा श्री भरत प्रकाश राई – संस्थापक सदस्य, डाक्टर सि के राई – संस्थापक सदस्य, साहित्यकार श्री सचिन राई, भाषाविद् श्री एम सी राई – अध्यक्ष विजनबारी खण्ड समिति, सिरीखोला डाँडा गाउँ GP अध्यक्ष श्री विनोद राई – रिम्विक हाइ स्कूल हेड मास्टर, श्री जगदीप राई – डाँडा गाउँ पूर्व  हाइ स्कूल हेड मास्टर, साथै दार्जीलिङ्ग शहर को नजिक सबै शाखाहरूको प्रतिनिधिहरु  उपस्थित थिए।

कार्यक्रम किराँती खम्बु राई सांस्कृतिक संस्थानले आयोजना गरिएको थियो भने प्रकाशित पुस्तक पनि सबै खम्बु राई हरु द्वारा प्रायोजक गरी संस्थानको नाम मा प्रकाशित गरिएको थियो।

स्वागत भाषण संस्थानको महासचिव ले सम्बोधन गरिएको थियो साथै आउने दिनहरूमा संस्थानले संस्कार र संस्कृति विषयहरु माथि पुस्तकहरू प्रकाशित गर्न सबै खम्बु राईहरुलाई प्रोत्साहन गर्नेछ। पुस्तकको समीक्षा साहित्यकार श्री सचिन राईले बृष्टित रूपमा प्रस्तुत गर्नु भएको थियो।

वीरेन्द्र चाम्लिङ लिखित पुस्तक नाकिमा माथि प्रकाश पार्दै प्रमुख अथिती डाक्टर सुजाता रानी राई ले भन्नु भयो, अब समय आएको छ अध्ययनको, खम्बु राईहरुको विधि, भाषा, केही बेग्ला बेग्लै भए पनि अध्ययन गरेर सबै थरहरु माझ मिल्ने एउटै कुराहरु लाई साझा बनाउनु आवश्यक छ जसले सम्पूर्ण खम्बु हरहरुको एकिकरण होस्, साथै लेखकलाई आउने दिनहरूमा अझै लेख्न प्रोत्सान गर्दै बधाई टक्र्याउँनु भयो।

आजको भोजन दार्जीलिङ नगरपालिका समिति सचिव सुश्री स्मृति राई द्वारा प्रायोजित थियो। कार्यक्रम जिल्ला समिति सचिव किशोर मुक्सूको पर्यवेक्षण मा भएको थियो भने केन्द्रीय कोषाध्यक्ष अनुप राईले कार्यक्रम व्यवस्थापन गर्नु भएको थियो, साथै श्री अरुण राई आलुबारी शाखा, श्री रबिन राई – अध्यक्ष प्रेस गिल्ड, बाट प्रशंसनीय स्वयंसेवा प्रदर्शन गर्नुभएको थियो ।

 

Comments (0)
Add Comment