November 26, 2023: One-day seminar was organised by KKRSS at the Ward No. 30 community hall. The resource person for the seminar was Shri Madan Thulung. The seminar was on the subjects of Khambu rituals Wakdan, Dal-bhat, Bagdatta. Distinguised Khambu Sandewa were present. Founder Member Shri Bharat Prakash Rai was also witnessed the seminar.
केन्द्र समिति द्वारा खम्बु राई सँस्कार माथि एक दिवसीय सेमिनार
दार्जीलिङ, नोभेम्बर 26: आज किराँती खम्बु राई साँस्कृतिक संस्थानले एक दिवसिय सेमिनार खम्बु राई संस्कार माथि सफलतापूर्वक आयोजित गर्यो। आजको सेमिनारकाे श्रोत व्यक्ति श्री मदन थुलुङ राई हुनुहुन्थ्यो, साथै विशिष्ट अथितिहरुमा श्री मणिकुमार राई, श्री एम सी राई, श्री मोहन राई काे उपस्थिति थियो। कार्यक्रम मा संस्थानको संस्थापक सदस्य श्री भरत प्रकाश राई काे पनि उपस्थिति थियो।
पुस्तक ‘लिमचिबुङ’ का लेखक श्री मदन थुलुङ साथै आजको स्रोत व्यक्ति श्री मदन थुलुङ राई खम्बु जातिको चुला-ढुङ्गा को महत्व अनि प्रकार, वाकदान, दाल-भात, बागदत्ता आदि बिषयहरुमा आफ्नो प्रस्तुति कुशलतापूर्वक दिनु भयो। आजको सेमिनारकाे मध्यस्थकर्ता श्री उद्यान राई ले गर्नु भएको थियो भने सेमिनार काे सम्पुर्ण व्यवस्थापन सुश्री सुरेका राई, केकेआरएसएस नगरपालीका वार्ड न 30 समिति अनि श्री किशोर मुक्सु, महकुमा सचिव, श्रीमती निरुपा राई, अफिस सचिव, श्री अर्जुन राई, भोटे बस्ती शाखा सचिव हरु द्वारा सफतापूर्वक निर्वाह गरिएको थियो।
आजको सेमिनारकाे सम्पूर्ण विवरण संस्थानको वेबसाइट www.kkrss.org मा छिट्टै नै उपलब्ध गराउने छ। कार्यक्रमको अन्तमा सेमिनार काे स्रोत व्यक्ति श्री मदन थुलुङ राई लाई संस्थानको संस्थापक सदस्य भरत प्रकाश राई साथै अथितिहरु ले स्मृति चिन्ह अनि साल द्वारा अभिनन्दन गरिएको थियो।