केन्द्रीय समितिको आयोजनामा खम्बु राई संस्कार – लिपि – सिली/संगीत माथि सेमीनार
केन्द्रिय समिति द्वारा आज खम्बुहरुको संस्कार, लिपि, सिली अनि संगीत माथि एक दिने सेमिनार नेपाली साहित्य सम्मेलन भवनमा कुशलतापूर्वक आयोजना गर्यो। उक्त सेमिनार काे संयोजक तथा मध्यस्थकर्ता डाक्टर सुजाता रानी राईले गर्नु भएको थियो। सेमिनार मा खम्बु राई साँस्कृतिक संस्थानको सदस्यहरु दार्जीलिङ पहाडको सबै ठाउँहरु बाट जम्मा 109 सदस्यहरु उपस्थीत भएका थिए। सेमिनार मा चार जाना खम्बु विज्ञ स्रोत कर्ताहरुले सहभागिता जनाएको थियो। सानदेवा मनि कुमार राईले खम्बुहरूको संस्कार गर्भ देखि मृत्यु सम्मको खम्बु अनुष्ठान काे विषय मा जानकारी प्रस्तुत गर्नु भएको थियो। सानदेवा एम सी राईले सुमहुङ् लिपि काे उत्पति, प्रचार र विकास को विवरण साथ साथै व्याकरण दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो भने सानदेवा एम एस राईले सुमहुङ् लिपि माथि किराँती खम्बु राई सांस्कृतिक संस्थानको परिप्रेक्ष्य राख्नु भयो। सानदेवा मोहन राईले खम्बु सिली (नित्य) को प्रकार र उत्पति काे जानकारी अनि संगीतको प्रकार अनि लय को सांस्कृतिक महत्व को जानकारी गराउनु भएको थियो।
सेमिनारकाे मुख्य उदेश्य थियो खम्बुहरुको आफ्नै संस्कार, लिपि, सिली अनि संगीत पनि हुन्छ भनेर एउटा सचेतना अभियान। साथै सेमिनार काे चर्चा लाई भिडियो दस्तावेज तयार पारी आम खम्बु जनता मा पुर्याउनु हो।
आजको सेमिनार डाक्टर सुजाता रानी राई द्वारा कुशलतापूर्वक आयोजना गरिएको थियो। उपस्थीत सबै विज्ञ श्रोत व्यक्तिहरूलाई संस्थानले सेमिनार पछि संस्थानको संस्थापक सदस्यहरु श्री हेमु राई, श्री विजय कुमार राई द्वारा सम्बर्दना पनि जनाएको थियो।
Kindly watch the complete seminar as follows:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6