किराँती खम्बु राई सांस्कृतिक सस्थानकाे साकेला उभौली 2025 मिरिकमा सम्पन्न

May 26, 2025: दार्जिलिङ: किराँती खम्बु राई सांस्कृतिक सस्थान, केन्द्रिय समितिले सधैं झैं यसपाली पनि साकेला उभौली 2025 भव्यतापूर्वक मिरिककाे आले मैदानमा आयोजना गर्यो। यसपाली केन्द्रीय समितिले यही 25 मई आईतवारको दिन मिरिक महकुमा समितिको सहकार्यमा यस साकेला उभौली 2025 काे आयोजना गरेको थियो। पहाड तराईको सबै क्षेत्रहरु बाट संस्थानका सदस्यहरूकाे उपस्थिति थियो, साथ साथै देहरादुन, मणिपुर, बिहार अनि काठमाडौं बाट पनि संस्थानको संस्थागत खम्बु राई अतिथिहरुको उपस्थिति यस साकेला उभौली 2025, मिरिक आले मैदानमा दिनु भएको थियो। यसपाली 2025 को साकेला उभौलीमा पनि सिक्किमका सम्माननीय मुख्य मन्त्री श्रीमान पी एस गोले स्वयंले उपस्थिति दिनुहुने निश्चित भएको भए पनि अन्तिम चरणमा अपरिहार्य कार्यले गर्दा उपस्थिति दिनु सक्नु भएन तर सिक्किमको माननीय मन्त्री भोजराज राई साथै माननीय विधायक कला राई उहाँको प्रतिनिधित्व गर्नु भएको थियो। साकेला उभौली 2025 काे मुख्य अथितिको रूपमा जि टि ए को प्रमुख श्रीमान अनीत थापा हुनु हुन्थियो, मुख्य अतिथिको रूपमा मन्तव्य पोख्दै, सबैले आआफ्नो संस्कतिलाई जोगाड गर्नुपर्ने अनि समाजमा सबै धर्म संस्कृतिलाई सम्मान दिनुपर्ने आजको आवश्यकताको सुसन्देश दिनुभयो। सिक्किमको माननीय मन्त्री भोजराज राईले पनि साकेला काे उपलक्षमा सबैलाई शुभकामना दिंदै खम्बु राईहरु जङ्गल को राजा सिंह जस्तै हुनुपर्ने अनि सबै क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने मन्तव्य राख्नु भएको थियो।

2025 साकेला उभौली काे उपलक्षमा 10 जाना प्रतिष्ठित खम्बु राईहरुलाई सम्बर्दना जनाएको थियो। संस्थानको बरिष्ट राईपाहरु श्री अरुण तामकुले, कालिम्पोङ, श्री बलराम राई, खरसाङ, क्याप्टेन एम बी राई, बागडोगरा, लाई जी टी ए प्रमुख श्री अनित थापा अनि माननीय मन्त्री भोजराज राई बाट सम्बर्दना पत्र प्रदान गरिएको थियो। सिक्किम एस टि एन हस्पिटलका प्रख्यात डाक्टरहरु डाक्टर भावना राई, डाक्टर आशिष राई, डाक्टर रोमी राई, डाक्टर हरिकिषण राई, डाक्टर अल्का राई, साथै अर्थशास्त्र डाक्टर असलेशा राई, गोरुबाथन, युवा फिल्म निर्देशक विवेक राई, खरसाङ, लाई पनि साकेला उभौली 2025 को शुभ अवसरमा सम्बर्दना जनाएको थियो। श्री के बि वातर अनि गोक शाखा द्वारा खम्बु लोक गीत, बागडोगरा , हरसिङ, माने भञ्ज्याङ, मिरिक का शाखाहरु बाट खम्बु सिलीहरु प्रस्तुत गरिएको थियो। सोही अवसरमा खम्बु खानाहरु, कलाकृति, हस्तकला, आदिको पनि प्रदर्शनी थियो। मिरिक साकेला उभौली 2025 काे मुख्य आकर्षण सविन राईको शानदार प्रदर्शन पनि थियो।

साकेला उभौली काे सन्दर्भमा महासचिव काे मन्तब्य, दार्जीलिङ काे परिवेशमा अझै पनि खम्बु राईहरु, खम्बु राई भन्दा, गोर्खा समुदाय भएर अधिक बाचेको छ, सायद खम्बु राईहरु बहुसंख्यक समुदाय भएर होला। त्यसैले आफ्नो खम्बु संस्कार र भाषा यस दार्जीलिङ भेगमा घट्ने प्रक्रिया बडी छ, र आज यसैलाई नै जागरूकता र संरक्षणकाे निम्ति संस्थानले यस्ता कार्यक्रम गर्नु जरुरी भएको छ साथै युवा पिडी लाई प्रेरणा गर्नुपर्ने दायित्व बढेर गएको छ।

मिरिक महकुमा समितिको सहकार्यमा गरिएको साकेला उभौली 2025 भवयताकासाथ सम्पन्न भएको घोषणा श्री आर के राई मिरिक महकुमा समितिको अध्यक्षले कार्यक्रमको अन्तमा गर्नु भएको थियो।

यस साकेला उभौली 2025, एकदमै छोटो अवधिमा मिरिक मा हुने तय भएको थियो, तसर्थ, सबैमा निमन्त्रणा पुर्याउन असमर्थ भएको हुनाले केन्द्रीय समिति क्षमा प्राथी छ, साथै उपस्थित सबै सबै संस्थानका शाखाहरु, महकुमा, खण्ड अनि ग्राम पन्चायत समिति सदस्यहरु प्रति केन्द्रीय समितिले आभार प्रकट गरेको छ। साथै उपस्थित सबै मान्यजनहरु, प्रतिनिधि गणहरु, सबै जनसाधारणलाई केन्दीय समितिले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

 

Click link below to DOWNLOAD Sakela Ubhauli 2025 Bulletin

‘SAKELA UBHAULI 2025 BULLETIN’ DOWNLOAD

Comments (0)
Add Comment