Ultimate magazine theme for WordPress.

Activities

सुचना: संस्थानको सामाजिक आर्थिक सर्वेक्षण

July 4, 2025: किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समितिको तत्वधानमा खम्बू राईहरूको सामाजिक आर्थिक सर्वेक्षण हुन गई रहेको सबैमा सूचित गर्दछौं। तसर्थ, यस दार्जिलिङ पहाड, डुवर्स अनि तराई क्षेत्रहरुमा खम्बू राईहरूको सामाजिक आर्थिक स्थिति तथा जनसंख्या सठीक ढंगमा उतार्न, केन्द्रीय समितिले सम्पुर्ण संस्थानका सदस्यहरुको सक्रिय सहभागिता साथै सहयोग को अपेक्षा राखेको छ। साथै सबै शाखा, ग्राम पंचायत, खण्ड समिति, महकुमा, जिल्ला समितिहरूलाई आआफ्नो क्षेत्रहरुमा 'सर्वेक्षण फारम' वितरण गरीदिनु हुन साथै तीन महिना भित्र केन्द्रीय…

जनगणना विषय लिएर केन्द्र समिति कार्यलयमा कार्यकारिणी सभा

जुन 28, 2025: आज केन्द्रीय समिति कार्यालयमा एक जरुरी कार्यकारिणी सभा बस्यो। संस्थापक सदस्य श्री हेमु राई, संस्थापक सदस्य श्री भरत प्रकाश राई, जनजाति समिति अध्यक्ष श्री एम एस राई, उपाध्यक्ष श्री मनि कुमार राई, महासचिव श्री उद्यान राई, आयोजक सचिव सुश्री सुरेखा राई अनि दार्जिलिङ जिल्ला अध्यक्ष श्री किशोर राई को आजको कार्यकारिणी सभामा विशेष उपस्थिति रहेको थियो। सभाको मुख्य विषय थियो: आउने जनगणनामा केन्द्रीय समितिको अडान अनि यसको निम्ति बृहत छलफलको सभा कहिले कहाँ राख्नु पर्ने। सभाको छलफल मा सबै सर्वसाधारण खम्बू सदस्यहरुको राय…

महांकाल डाँडा माङखिम परिसरमा वृक्ष रोपण

June 8, 2025: आज आइतबारको दिन माङ्खिम समिति द्वारा महांकाल डाँडा माङखिम परिसरमा गुराँसको बिरुवाहरु लगाउने कार्य सुसम्प्पन्न भयो। उक्त बिरुवाहरू श्री भरत राई ले उपलब्ध गराइ दिनु भएको थियो। श्री भरत प्रकाश राई ज्यु लाई बढे बढे आलाङने!

किराँती खम्बु राई सांस्कृतिक सस्थानकाे साकेला उभौली 2025 मिरिकमा सम्पन्न

May 26, 2025: दार्जिलिङ: किराँती खम्बु राई सांस्कृतिक सस्थान, केन्द्रिय समितिले सधैं झैं यसपाली पनि साकेला उभौली 2025 भव्यतापूर्वक मिरिककाे आले मैदानमा आयोजना गर्यो। यसपाली केन्द्रीय समितिले यही 25 मई आईतवारको दिन मिरिक महकुमा समितिको सहकार्यमा यस साकेला उभौली 2025 काे आयोजना गरेको थियो। पहाड तराईको सबै क्षेत्रहरु बाट संस्थानका सदस्यहरूकाे उपस्थिति थियो, साथ साथै देहरादुन, मणिपुर, बिहार अनि काठमाडौं बाट पनि संस्थानको संस्थागत खम्बु राई अतिथिहरुको उपस्थिति यस साकेला उभौली 2025, मिरिक आले मैदानमा दिनु भएको थियो। यसपाली 2025 को…

किराँती खम्बु राई साँस्कृतिक सस्थानले साकेला उभौली 2025 मिरिक मा मनाउने

May 15, 2025: यस वर्षको साकेला उभौली 2025 केन्द्रीय समितिले मिरिकमा मनाउने निर्णय लिएका छ, तसर्थ, उक्त साकेला उभौली 2025 लाई खम्बु राईहरूको पवित्र चाड लाई भवयतापूर्वक सफल तुल्याउन संस्थानले सबै सबैलाई पुर्ण जोशको साथ सहभागिता हुइदिन् हार्दिक अनुरोध गरेको छ। तथापि, यस साकेला उभौली 2025 मा सहभागिता हुन सम्पुर्ण शाखाहरु तथा सबै समितिहरूले आ-आफ्नै प्रकारले व्यवस्था गरिदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ। मिरीकमा हुने यसपालिको साकेला उभौली 2025 काे कार्यक्रममा प्रसिद्ध गायक सविन राई अनि ब्याण्डले पनि सहभागिता जनाउने निश्चय भएको…

KKRSS Kiranti Utsav at Chowrasta and Capital hall in 1995

KKRSS was founded in 1994 by the distinguished Khambu Rais of Darjeeling town. Ever since, KKRSS has been organizing various events and cultural programs to raise awareness of Khambu culture among the Khambu people of the Darjeeling hills. In October 1995, KKRSS organized its very first cultural program, Kiranti Utsav, at Capital Hall. During the occasion, distinguished personalities such as Dr. Richard Keith Sprigg, Shri Shiva Kumar Rai, and Dr. Novel Kishor Rai were present. The same day, a Sova Yatra of the Kiranti…

खम्बु गाउँ सर्वेक्षण गरी एथ्नोग्राफी रिपोर्ट तयार गरिने

March 20, 2025: आज किराँती खम्बु (राई) सांस्कृतिक संस्थानको केन्द्रिय कार्यलयमा जनजाति समिति को एक जरुरी सभा सम्पन्न भयो। आज को सभा श्री ऐम ऐस राई, के.के.आर.एस.एस जनजाति समिति अध्यक्ष, ज्यु को अध्यक्षता मा भएको थियो। आजको सभा मा विशेष चर्चा, 11 जनजाति महासंघलाई हाई-लेभल-कमिटि ले दिएको सुझाउ अनुसार सबै जात गोष्ठीले आफनो आफनो जातको एथ्नोग्राफी सर्वेक्षण गरी रिपोर्ट तयार गरेर एक महिना भित्र 11 जनजाति महासंघ लाई सुम्पिनु पर्ने अध्यक्ष श्री एम एस राई ज्यु बताउनु भयो। खम्बु राईहरूले पनि आफ्नो गाउँको सर्वेक्षण रिपोर्ट साथै…

KKRSS meeting held in Sitong GP I, II & III

Kurseong, December 3, 2024: Following the formation of the Kurseong Subdivision committee of KKRSS, the committee is trying its best for the revival of the old Sakhas under Kurseong Subdivision. Sakhas under Kurseong has been severely affected due to AIKRA and the malfunctioning of the Development Board. The new team of Kurseong Subdivision has been seriously working to reunite the KKRSS. Accordingly, the Kurseong Subdivision committee, headed by Shree Rajman Rai, president, and Shree R. D. Rai, secretary, organized several…

किराँती खम्बु राई सांस्कृतिक संस्थानको प्रतिनिधि देहरादुन भ्रमण

November 20, 2024: किराँती खम्बु राई सांस्कृतिक संस्थानले सुरु देखि नै भारत भरि छरिएर बसेका सबै खम्बु राईहरुलाई एकितृत गर्ने, साथै सबै माझ खम्बु राई संस्कार र संस्कृति लाई प्रोत्साहित गर्ने उदेश्य सहित, केन्द्रीय समिति सदस्य साथै दार्जीलिङ जिल्ला अध्यक्ष श्री किशोर राई देहरादुन भ्रमणमा जानु भएको थियो । उक्त भ्रमणमा श्री किशोर राईले देहरादुन का राई संगठन "किरात राई संस्था देहरादुन" सँग भेटघाट कार्यक्रम मा सहभागिता जनाउनु भएको थियो। भेटघाट समारोहमा किरात राई संस्था देहरादुन अनि किराँती खम्बु राई साँस्कृतिक संस्थान, एक आपसमा…