Ultimate magazine theme for WordPress.

खम्बु गाउँ सर्वेक्षण गरी एथ्नोग्राफी रिपोर्ट तयार गरिने

0 968

March 20, 2025: आज किराँती खम्बु (राई) सांस्कृतिक संस्थानको केन्द्रिय कार्यलयमा जनजाति समिति को एक जरुरी सभा सम्पन्न भयो। आज को सभा श्री ऐम ऐस राई, के.के.आर.एस.एस जनजाति समिति अध्यक्ष, ज्यु को अध्यक्षता मा भएको थियो।

आजको सभा मा विशेष चर्चा, 11 जनजाति महासंघलाई हाई-लेभल-कमिटि ले दिएको सुझाउ अनुसार सबै जात गोष्ठीले आफनो आफनो जातको एथ्नोग्राफी सर्वेक्षण गरी रिपोर्ट तयार गरेर एक महिना भित्र 11 जनजाति महासंघ लाई सुम्पिनु पर्ने अध्यक्ष श्री एम एस राई ज्यु बताउनु भयो।

खम्बु राईहरूले पनि आफ्नो गाउँको सर्वेक्षण रिपोर्ट साथै हाई-लेभल-कमिटीले दिएको सुझाउ प्रश्नहरू समावेश गरेर रिपोर्ट तयार पारी महासंघ लाई यही 30 मार्च सम्म बुझाउने आजको सभाले पारित गर्यो।

 

Leave A Reply

Your email address will not be published.