Ultimate magazine theme for WordPress.

कार्यकारी निकाय सभा

0 264

August 12, 2023: आज एक विषेश सभा किराँती खम्बु राई साँस्कृतिक संस्थानको संस्थापक सदस्यहरू साथै कार्यकारी सदस्यहरू माझ केन्द्रीय समितिको कार्यालय मा सम्पन्न भयो। सभामा अहिलेको केन्द्रीय समितिको आउने 19 सेप्टेम्बर महिनामा दुई बर्षको कार्यकाल समाप्त हुने बताउँदै नयाँ समिति चुनाव काे निम्ति ‘वार्षिक साधारण सभा’ कहाँ कहिले गर्नुपर्ने बिषय मा चर्चा भयो। उक्त विषयमा प्रमुख संरक्षकले यथा शीघ्र उपयुक्त ठाउँ र समय लाई ध्यान दिंदै सम्बन्धित व्यक्तिहरु छलफल गरेर निर्णय गरिने सभामा चर्चा भयो।

साथै किराँती खम्बु राई सांस्कृतिक संस्थानको सम्पूर्ण समितिहरुको (जिल्ला, महकुमा, खण्ड, ग्राम पंचायत, शाखा) ज-जसको दुई वर्ष कार्यकाल पुगि सकेको छ, ती समितिहरूले पनि चुनाव गराउनु पर्ने एउटा आधिकारिक पत्र (Circular) पठाउने निर्णय भयो।

केन्द्रिय समितिमा आएको एउटा पत्र अनुसार, खम्बु राई बोर्ड मा संस्थानको निम्ति खम्बु गहना र खम्बु परम्परागत पोशाककाे निम्ति आएको रकम रू 3 लाख, खम्बु राई बोर्ड काे सम्बन्धित व्यक्ति, बोर्ड अध्यक्ष सँग एक महिना भित्र सोधपुछ गरि संस्थानलाई / अर्को सभामा जानकारी गराउनु पर्ने जिम्मेवारी आजको सभाले संस्थानको महा सचिव लाई दिएको छ।

केन्द्रिय समितिले हालमा गरिएको बागडोगरा अनि जलपाईगुडी शिष्टाचार भेटघाट कार्यक्रम बिषयमा केन्द्रिय महा सचिवले सभालाई विस्तृत जानकारी गराउनु भयो।

आजको सभामा “खम्बु सेवा समिति” काे गठन अनि यसको उद्देश्य र खम्बुहरु प्रति यसको कार्यहरूकाे बिषयमा छलफल भयो र आउने केन्द्रिय समितिकाे सभामा प्रस्ताव पेश गरिने निर्णय भयो। साथै उक्त समितिलाई संस्थापक सदस्य श्री भरत प्रकाश राईले उहाँको अनुभवी पर्यवेक्षण गरिने सुझाव भयो।

साथै अहिले सम्मको जनजाति सम्बन्धित कार्यक्रमहरूको विवरण साथै वर्तमान स्थितिकाे जानकारी खम्बु जनजाति समिति अध्यक्ष श्री एम एस राईले सभालाई गराउनु भयो।

 

Shri Manikumar Rai, vice president of KKRSS, also handed over the Jhyamta to Mangma.
Leave A Reply

Your email address will not be published.