Ultimate magazine theme for WordPress.

केन्द्रिय समिति अनि मिरिक महकुमा समिति माझ अन्तरक्रियात्मक सभा

0 813

February 24, 2024: आज मिरिक महकुमा समितिको निमन्त्रणामा केन्द्रिय समिति मिरिक आएको थियो। मिरिक महकुमा समितिले मिरिक माङखिम परिसर भित्र नै एक सभाको आयोजना गर्यो। बिशेष गरी केन्द्रिय समिति साथै मिरिक महकुमा समितिले गरिआएको संस्था सम्बन्धि गतिविधिहरु जस्तै: जनजाति मुद्दा, विकास बोर्ड, मिरिक माङखिम परियोजना, साकेला उभौली 2024, इत्यादि बिषयहरुमा चर्चा परिचर्चा भयो। आजको सभामा केन्द्रिय समितिकाे पक्ष बाट केन्द्रीय महासचिव अनि जिल्ला समिति अध्यक्षले उपस्थिती दिएको थियो, साथै मिरिक महकुमा समिति बाट सबै शाखाहरुकाे प्रतिनिधिहरू अनि मिरिक सुम्निमा समुहले सहभागिता जनाएको थियो। सभाको निष्कर्षले आज सबै प्रतिनिधिहरूलाई सकारात्मक उर्जा दिएको छ।

Leave A Reply

Your email address will not be published.