Ultimate magazine theme for WordPress.

खरसाङ महकुमा समिति विगठन अनि adhoc खरसाङ महकुमा समिति गठन

0 60

May 12, 2024: मिति 12/05/24 आईतबारको दिन किराँती खम्बु राई सांस्कृतिक संस्थान खरसाङ महकुमा समितिको संस्थापक सदस्य श्री बि. आर. राई ज्यु को अध्यक्षता सभा सम्पन्न भयो। आजको सभा श्री टेक वीर राई द्वारा संचालित गरिएको थियो।

उक्त सभा मा उपस्थिति संस्थापक सदस्य श्री बी आर राई, केन्द्रीय समितिका महासचिव श्री उद्यान राई,
जिल्ला समितिका सभापती श्री किशोर राई, पूर्व खरसाङ महकुमा समिति महासचिव श्री टेक वीर राई साथै निम्नलिखित ग्राम पंचायत अनि क्षेत्रहरु बाट प्रतिनिधिहरू सभामा सहभागीता जनाएका थिए:

सिटोङ २, सिटोङ ३, सन्त मेरीज, घ‌ईयाबारी 1,3, अरीङगाले, रोहणी, टुङ, मालदीराम, महारानी अप्पर ग्राम पंचायत अनि शाखाहरू।

बिशेष सभाले पुरानो महकुमा समिति बिगत दुई बर्ष देखि निष्क्रिय रहेको हुनाले, महकुमा समिति विगठन गर्ने सर्वसम्मतिमा सभाले निर्णय गर्यो अनि सभाध्यक्ष महोदय ज्यु ले महकुमा समिति बिगठन को घोषणा गर्नुभयो साथै नयाँ तदर्थ समिति छ महिनाको निम्ति गठन गर्ने निर्णय सभाले लियो।

फलस्वरूप, उक्त सभाले तदर्थ समितिका कार्यकारीणी सदस्यहरू सर्ब सहमतिले छ महिनाको निम्ति चुनिए। तदर्थ समितिका कार्यकारीणी सदस्यहरूको नाम यस प्रकार छन्:

सभापति: श्री राजमान राई,
उप सभापति: श्री टेकबीर राई,
कोषाध्यक्ष: श्रीमती रेणुका राई
मूल सचिव: श्री आर. डी. राई
संह सचिव: बिनय राई सिटोङ (III)
सुशन राई सिटोङ (II)
श्याम राई सन्त मेरीज

साथै प्रत्येक ग्राम पंचायत बाट कार्यकारी सदस्यहरू पनि समितिमा समावेश गर्ने निर्णय भएको छ।

सभापति ज्यु ले सबै नयाँ समितिको निम्ति चयन हुन भएका सबै पद‌अधिकारी बर्गहरु लाई बधाई दिँदै साथै आउँने दिनहरूमा राम्रो कामहरुको उपेक्षा राख्नु हुँदै अघि बढ्ने कामना ब्यक्त गर्नु भयो। अन्तमा आजको सभालाई यही समाप्ति को पनि घोषणा गर्नुभयो।

Leave A Reply

Your email address will not be published.