Ultimate magazine theme for WordPress.

जनगणना विषय लिएर केन्द्र समिति कार्यलयमा कार्यकारिणी सभा

0 116

जुन 28, 2025: आज केन्द्रीय समिति कार्यालयमा एक जरुरी कार्यकारिणी सभा बस्यो। संस्थापक सदस्य श्री हेमु राई, संस्थापक सदस्य श्री भरत प्रकाश राई, जनजाति समिति अध्यक्ष श्री एम एस राई, उपाध्यक्ष श्री मनि कुमार राई, महासचिव श्री उद्यान राई, आयोजक सचिव सुश्री सुरेखा राई अनि दार्जिलिङ जिल्ला अध्यक्ष श्री किशोर राई को आजको कार्यकारिणी सभामा विशेष उपस्थिति रहेको थियो। सभाको मुख्य विषय थियो: आउने जनगणनामा केन्द्रीय समितिको अडान अनि यसको निम्ति बृहत छलफलको सभा कहिले कहाँ राख्नु पर्ने। सभाको छलफल मा सबै सर्वसाधारण खम्बू सदस्यहरुको राय बुझ्नु पर्ने अनि राष्ट्रिय स्तरमा राष्ट्रिय सहमति के हुन्छ त्यसलाई पनि नजरअन्दाज गर्न नसकिने, साथै जनगणना फारमको ढाँचा (जो अहिले प्रकाशित भएको छैन) लाई पनि हेरेर मात्र केन्द्रीय समिति निष्कर्षमा पुग्नुपर्ने आजको सभाले सर्वसम्मति निर्णय लियो। यसै अवधिमा संस्थानले खम्बू सामाजिक सर्वेक्षण पनि संस्थागत स्थरमा गर्ने निणर्य भयो। यस विषयमा आगामी कार्यकारिणी सभा एक महिना भित्र फेरि बस्ने आजको सभाले निर्णय लिएको छ। उक्त सभामा एक जनगणना सुझाउ समिति पनि गठन गरिने आज को सभाले निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.