Copyright©2022, KKRSS
जनगणना सुझाउ समितिको दोस्रो बैठक
February 14, 2026: जनगणना सुझाउ समितिको दोस्रो बैठक फेब्रुअरी १४ को दिन केन्द्रिय समितिको कार्यालयमा सम्पन्न भयो । उक्त बैठकमा जनगणना समितिका उपस्थित सदस्यहरुले भाषा, जात र धर्म सम्बन्धित बिषयमा आ आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो, साथ साथै आफ्नो क्षेत्रको अधिकांश सदस्यहरुको बिचार अनि राय प्रकट गरेको थियो ।
उक्त विषयमा श्री सी आर राई, प्रमुख संरक्षक, ले पनि आफ्नो मन्तब्य पुख्नु भयो, जनगणना फाराम अहिले सम्म सार्वजनिक नभएकोले गर्दा अहिलेनै केही भन्नु नसक्ने बताउनु भयो। साथै अधिकांश खम्बू राईहरूको पनि यस विषयमा राय बुझ्नु पर्ने भएको बताउनु भयो। भाषामा खम्बू राई लेख्ने की नेपाली, जातमा खम्बू/ नेपाली/ गोर्खा अनि धर्ममा किराँत लेख्ने, यस विषयमा अझ गहन विश्लेषण को जरूरत भएको प्रमुख संरक्षक ले बताउनु भयो।
अन्तमा, समितिको मुख्य संयोजक डाक्टर एम के दुमी ले यस विषयमा आ-आफ्नो क्षेत्रमा पनि अधिकांश खम्बू राईहरु संग विचार विमर्श गरेर अर्को सभामा छलफल गर्नुपर्ने बताए।
