Ultimate magazine theme for WordPress.

जनजाति मुद्धा लिएर सांसद राजु बिष्ट सँग भेट

0 59

February 14, 2024: किराँती खम्बु राई सांस्कृतिक संस्थानकाे जनजाति समिति अध्यक्षकाे निर्देशनमा हिजो केन्द्रीय समितिको चार सदस्यीय टोली सांसद राजु बिष्टलाई उहाँकै सिलिगुडी बासस्थानमा भेट्न गएको थियो। बिशेष: बजेट अधिवेशनमा पनि जनजातिकाे मुद्धा संसदमा नआएको हुनाले, कोशिश गर्दै गरेको पहाडका सबै समुदायहरुलाई सांसद आफै जनजाति मुद्धामा केन्द्रिय स्थरमा भई रहेको गतिविधिहरु बताउन उहाँले जनजाति महासंघ अंतर्गत सबै सम्बन्धित समुदायहरूलाई बोलाएका थिए। सांसदले भन्नु भयो, हालैमा उहाँले प्रधान मन्त्री, गृहमन्त्री अनि जनजाति मन्त्री सबैलाई भेटेर हाम्रो मुद्दाको ध्यान आकर्षण गरेको छू, प्रधान मन्त्रीलाई उहाँले गोर्खा प्रति दिएको वक्तव्य लाई पुन दोहोराएको छु, गृहमन्त्री अमित शाह हाम्रो जनजाति मुद्धामा एकदमै सकारात्मक हुनुहन्छ। यो सबै राजनीति इच्छा शक्तिको कुरा हो, राजनीति इच्छा शक्ति भए सरकारी मन्त्रालयकाे आधिकारिक प्रक्रियाहरु सबै सहजै हुनेछ। सांसदले अध्यादेश ल्याउने सम्भावनाकाे पनि कुरा गर्नु भयो, साथै चुनाव अगाडि खाली हात जनताकाे सामुन्ने जानु नपर्ने पनि सांसद राजु विष्टले हिजोको बैठकमा पूर्ण रूपले आश्वासन दिनु भएको छ। साथै तेस्रो कार्यकाल पनि भारतीय जनता पार्टी नै केन्द्रमा आउने सांसदले निश्चित किटान पनि गर्नु भयो।

Leave A Reply

Your email address will not be published.