Ultimate magazine theme for WordPress.

भेष भुषा सुझाउ समिति पुनर्गठित

0 4

September 7, 2024: गत 1 वर्ष छ महिना देखि अस्तित्वमा भएको “भेष भुषा सुझाउ तदर्थ समिति” ले कारणवश आफ्नो कार्य गर्न असमर्थ रहिआएको हुनाले आज उक्त तदर्थ समितिलाई विगठन गरि एक पूर्ण भेष भुषा सुझाउ समिति गठन गरिएको छ। केन्द्रीय समिति कार्यलय, सुपरमार्केट दार्जीलिङमा आज भएको सभाले केन्द्रीय समिति उपाध्यक्ष श्री मणिकुमार राई लाई समितिको नेतृत्व सर्वसम्मतिले सुम्पिएको छ।

अब उप्रान्त भेष भुषा सुझाउ समितिले आफ्नो कार्य शैली तीब्र रूपले अगाडि बढाएर लैजाने निश्चय गरेको छ। सबै क्षेत्रहरु बाट खम्बु भेष भुषाका विज्ञ खम्बुहरू लाई समावेश गरी उहाँहरुको सल्लाह अनि सुझाउ अनुसार बिशेष खम्बु पुरुष र महिलाको लागि पोशाक तयार पारी, केन्द्रीय समितिलाई सम्पुर्ण खम्बुहरुको निम्ति सिफारिस गर्न आगामी ६ महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने आशा गरिएको छ।

समितिमा निम्नलिखित सदस्यहरू समावेश गरिएको छ:
समिति सल्लाहकार: श्री हेमु राई
अध्यक्ष: श्री मणिकुमार राई
सदस्यहरू:
1. श्री मेगराज राई – कालिम्पोङ जिल्ला
2. श्री एम सी राई – रिम्विक्
3. दीपेन्द्र राई – रङली रङ्लियत/ मङपु खण्ड समिति
4. श्री सी के राई – मिरिक महकुमा
5. श्री राजमान राई – खरसाङ महकुमा
6. श्री प्रशान्त थुलुङ – डुवर्स/ अलीपुरद्वार
7. श्री युवराज राई – राङ्गभाङ
8. श्री जोन राई – सूकिया खण्ड
9. श्री मोहन राई – दार्जीलिङ
10. श्री बालकृष्ण राई – मानेभञ्ज्याङ

 

 

Leave A Reply

Your email address will not be published.