Copyright©2022, KKRSS
मिरिकमा साकेला उधौंली २०२२
मिरिक: किरांती खम्बु राई सांस्कृतिक संस्थान, मिरिक महुकुमा समितिको तत्वधानमा ११ डिसम्बर २०२२ मिरिक लेकसाइड स्थित किरातेश्वर मांगखिम परिसरमा, दार्जीलिंग जिल्ला अदालतका पब्लिक परोसिक्युटर श्री प्रणय राईको मुख्य आतिथियमा, साथै मिरिक नगरपालिका अध्यक्ष श्री एल बी राई लगायत Kiranti Khambu Rai Sanskritik Sansthan, Central Committee, India केन्द्रिय महासचिव श्री उध्ययन राई, संस्थानका संस्थापक सदस्य श्री गजेन्द्र राई, श्री मदन थुलुंग तथा जिल्ला समिति प्रवक्ता श्री प्रशान्त थोंग्रेपा राई आदि प्रमुख रूपमा उपस्तिथ भएको कार्यक्रम भव्यतापूर्वक मनाइयो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्बर्धाना जनाउनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम लगायत सिल्लीहरू प्रस्तुत गरिएको थियो ।
तराई खपरेल शाखाद्वारा पनि ११ डिसम्बर २०२२ को दिन खपरेल मांगखिम परिसरमा केन्द्रिय समिति अध्यक्ष डा प्रतापसिंग राईको अध्यक्षतामा तराई खम्बुहरू लिएर साकेला भव्यतापूर्वक मनाईयो।