Ultimate magazine theme for WordPress.

सर्वेक्षण फाराम सम्बन्धि तकभर चौथो विभाग शाखामा सभा

0 150

अगस्त 24, 2025, आईतबार: आज तकभर चौथो विभाग शाखाको तत्वधानमा संस्थानको सामाजिक आर्थिक सर्वेक्षण फाराम भर्ने विषय सम्बन्धि लिएर तकभर चौथो विभागको सामुदायिक हलमा सभा आयोजना भएको थियो। उक्त सभामा शाखाको सबै सदस्यहरूलाई संस्थानको सामाजिक आर्थिक सर्वेक्षण फाराम विषय सम्बन्धि बुझाउन केन्द्रीय समितिका प्रतिनिधिहरु, महासचिव उद्यान राई, जिल्ला अध्यक्ष श्री किशोर राई, केन्द्रीय समिति सदस्य श्री अमर दीप राई साथै रंगित II ग्राम पंचायत समिति अध्यक्ष अनि सचिव हरुको पनि उपस्थिति थियो। संस्थानको सर्वेक्षण फाराम सम्बन्धि विस्तृत जानकारी साथै सम्बन्धित जिज्ञासाहरुको प्रतिउत्तर स्पष्ट रूपमा जिल्ला अध्यक्ष श्री किशोर राईले उपस्थित शाखाका सबै सदस्यहरुलाई दिनु भयो। साथै यो सर्वेक्षण फारामको जनजाति मुद्धामा महत्व, संस्थान र प्रत्येक खम्बूको निम्ति किन आवश्यकता छ र आउने जनगणना मा यसले कसरी खम्बुहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा टेवा पुर्याउने छ, साथ साथै संस्थानले जनजाति विषयमा अहिले सम्म गरिरहेको गतिविधिहरु महासचिवले सभामा प्रकाश पार्नु भएको थियो।

तकभर चौथो विभाग शाखाले गरेको यस प्रकारको कार्यक्रमलाई केन्द्रीय समितिले सराहना गर्दछ।

 

 

Leave A Reply

Your email address will not be published.