Copyright©2022, KKRSS
अखिल भारतीय खम्बु राई संघ का सिवीटार शाखा किराँती खम्बु राई संस्थान सँग आबद्ध
अखिल भारतीय खम्बु राई संघ का सिवीटार शाखा किराँती खम्बु राई संस्थान सँग आबद्ध
खरसाङ महकुमा अन्तर्गत सिवीटार शाखा गत दिनांक 22 सेप्टेम्बर, 2024 काे दिन अखिल भारतीय खम्बु राई संघ देखि आज फेरि किराँती खम्बु राई सँग आवद्ध हुन पुगेको छ। सिवीटार शाखा सुरुमा किराँती खम्बु राई सांस्कृतिक संस्थान कै शाखा थिए।
दिनांक 22 सेप्टेम्बर आईतवारकाे दिन खरसाङ महकुमा महानदी ग्राम पंचायत अन्तर्गत गैरी गाउँ स्थित संगठनको कार्यलयमा स्थानीय बरिष्ट राइपाहरु अनि किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समितिकाे सदस्यहरू, महा सचिव श्री उद्यान राई, कोषाध्यक्ष क्याप्टेन एल बी राई, खरसाङ महकुमा अध्यक्ष श्री राजमान राई काे माझमा एउटा सभा आयोजना गरिएको थियो, उक्त सभाकाे छलफल अनि विचार विमर्श पछि सर्वसम्मतिले, सोही दिन सिवीटार शाखा गठन गर्ने निर्णय भयो। उक्त सभाको सभापतित्व श्री राजु राईले गर्नु भएको थियो।
शाखाको गठन यस प्रकार भएको छ:
अध्यक्ष: श्री विसन् राई।
उपाध्यक्ष: श्री आशिष राई।
सचिव: श्री कृष्ण राई।
सहसचिव: श्री विवेक राई
कोषाध्यक्ष: श्री धीरज राई
सह कोषाध्यक्ष: श्री शेखर राई
सल्लाहकार सदस्यहरु:
श्री रितेश राई (शिव खोला)
श्री मिलन राई (सिवीटार)
श्री दिलु राई (दखेल)
श्री सत्य प्रकाश राई (कोठी डाँडा)