Copyright©2022, KKRSS
The Summit of the Mangpa-Mangma held
August 8, 2022:
-Formation of Mangma-Mangpa Advisory Council.
-inauguration of Sili Traing Center, Archery Training and Rai Language and Culture Study Center.
-An advisory council has been formed for Mangpas Mangmas in which Namaring resident Mangpa Mr. Kishore Chamling Rai and Mangpu Labda resident Mangpa Mr. Jagat Bahing Rai were unanimously elected as chief coordinator and deputy coordinator.
सिलि परीक्षण केन्द्र, धनुर्विद्या परीक्षण अनि राई भाषा तथा संस्कृति अध्ययन केन्द्रकाे उद्घाटन समारोह आयोजित
आज किराँती खम्बु राई सांस्कृतिक संस्थान, केन्द्रिय समितिले सिलि परीक्षण केन्द्र, धनुर्विद्या परीक्षण अनि राई भाषा तथा संस्कृति अध्ययन केन्द्रकाे औपचारिक रुपमा उद्घाटन बी एस एम आई स्कूल परिसरमा भयो। समारोहमा संस्थानको संस्थापक सदस्यहरू साथै संस्थानको अध्यक्ष डाक्टर प्रताप सिंह राई, उपाध्यक्ष श्री मणि कुमार राई तथा संस्थानको शीर्ष पदाधिकारीहरुको उपस्थिति थियो। आजको सभामा बी.एस.एम.आई स्कूलको प्रिन्सिपल श्रीमती ममता राईले स्वागत भाषण राख्नु भएको थियो।
विगतमा पनि खम्बु राई भाषा तथा संस्कृति अध्ययन केन्द्रकाे यसै परिसरमा सञ्चालन भएको थियो तर कारणवश पछिल्लो केही वर्ष देखि परिचालनमा आउन सकेको थिएन, अहिले फेरि एउटा नयाँ प्रकार अभिनव ढंगले पहल गर्ने संकल्प लिएका छौं, डाक्टर प्रताप सिंह राईले समारोहमा उल्लेख गर्नु भयो।
आजको समारोहमा सिली प्रशिक्षण साङदेवा मोहन राईको नेतृत्वमा नयाँ सत्र पनि शुरू भयो, विशेष गरेर महिला सहभागीहरूको सहभागी थिए। सिली प्रशिक्षण प्रत्येक हप्ताको शनिबार र आइतबार निःशुल्क सिकाइनेछ। कोही पनि इच्छुक खम्बु राई, शाखा, प्रशाखाहरुले यस सिली प्रशिक्षणमा सहभागीता लिन चाहिएमा संस्थानको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछ।
यसै अवसरमा केन्द्रीय समितिले बीएसएमआईका प्रिन्सिपललाई प्रशिक्षण केन्द्रको लागि परिसर प्रदान गरेदिएकोमा धन्यवाद र कृतज्ञता व्यक्त गरे।
लामो समयको प्रतिक्षापछि खम्बु जातिको मांग्पा मांग्माहरूको सभा सम्पन्न
August 8, 2022: किरांती खम्बु राई सांस्कृतिक संस्थान, केन्द्रिय समितिको आयोजनामा हरसिंग हट्टा, लेबोंगस्थित बिएसएमआई स्कुलमा दार्जिलिंग पहाड, तराई क्षेत्रका जम्मा ४० जना मांग्पा मांग्माहरूको उपस्तिथिमा एउटा महत्वपूर्ण अनि ऐतिहासिक सभा सम्पन्न भयो सभामा मांग्पा मांग्माहरूलाई लिएर सल्लाहकार मण्डली गठन गरिएको छ जसमा नामरिंग निवासी मांग्पा श्री किशोर चामलिंग राई अनि मंग्पू लाब्दा निवासी मांग्पा श्री जगत बाहिंग राईलाई प्रमुख समन्वायक अनि उप समन्वायक चयन गरि अन्य ९ जना मांग्पा मांग्माहरूको कार्यकारीणी समिति गठन गरियो ।
उक्त ऐतिहासिक सभामा मुन्धुम अनि खम्बु संस्कृतिमाथि पनि व्यापक चर्चा गरियो भने अब चांडै खम्बु भाषाविद, संस्कृतिविद अनि शोधार्थीहरूलाई लिएर केन्द्रिय समितिले कार्यशाला आयोजन गर्नेछ ।