Copyright©2022, KKRSS
किराँती खम्बु राई सांस्कृतिक संस्थानको केन्द्रीय समिति सभा सम्पन्न
दार्जीलिङ, अप्रिल १६: संस्थानको संविधान धारा 5V(a) अन्तर्गत, महत्वपुर्ण विषयहरू लिएर किराँती खम्बु राई सांस्कृतिक संस्थानले 16 अप्रिल को दिन जिडिएनएस दार्जीलिङमा केन्द्रीय समितिको सभा डाकियो। उक्त सभामा सम्पूर्ण पहाड तथा तराई डूवर्स क्षेत्र का सबै 108 (हाल 90) केन्द्रीय समितिको सदस्यहरू मध्येमा 53 सदस्यहरुको उपस्थित थियो। सभाको सभाअध्यक्ष श्री मनि कुमार राई, उपाध्यक्ष, चयन भएको थियो भने संस्थानको प्रमुख संरक्षक श्री सि. आर. राई, कानुनी सल्हाकार श्री प्रणय राई, डूवर्स बाट श्री प्रशान्त थुलुङ, रिम्बीक बाट श्री एम. सी. राई, खरसाङ बाट श्री टेकवीर राई, कालिम्पोङ बाट श्री अरुण राई ले सभालाई सम्बोधन तथा सम्बन्धित क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
केन्द्रीय समिति महासचिव श्री उद्यान राईले संस्थानको अहिले सम्मको गतिविधिहरुको विवरण साथै संस्थानको वर्तमान स्थितिको जानकारी सभालाई गराउनु भएको थियो। केन्द्रीय कोषाध्यक्ष श्री अनुप राईले संस्थानको 2022/23 को सम्पूर्ण आर्थिक विवरण सभामा प्रस्तुत गर्नु भयो। सोहीअनुसार, डूवर्स, कालिम्पोङ, खरसाङ बाट पनि आ-आफ्नो साङ्गठनिक गतिविधिहरु सँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गरिएको थियो।
राष्ट्रिय जनगणनामा खम्बु राईहरुले धर्म र भाषा विषयमा के लेख्नु पर्ने, उक्त विषयमा सम्बन्धित सबै क्षेत्रबाट सबैको एकमत हुनुपर्ने र उक्त साझा मतलाई आ-आफ्नो ठाउँ बाट पारित गरि केन्द्रीय समितिमा पठाउने सुझाउ संस्थानको प्रमुख संरक्षक श्री सी आर राईले दिनु भएको सुझाउ पनि आजको सभाले पारित गरेको छ। खम्बु राई एउटा खाँटी जनजाति भए पनि जनजातिको अधिकार बाट अझै वञ्चित रहेको हुँदा अब आउने दिनहरुमा केन्द्रीय समितिले कसरी यो मुद्दालाई अगाडी बढाउने भन्ने विषयमा कानुनी सल्हाकार श्री प्रणय राईले सभालाई महत्वपुर्ण सुझाउ दिनु भयो।
सभाले केन्द्रीय समितिको निम्नलिखित विषयहरूको प्रस्ताव पारित गरेको थियो।
1. साकेला उधौली उत्सव 2023 भव्य रूपमा दार्जीलिङ चौरास्ता परिसरमा मई महिनाको 13 र 14 मा, दुई दिन मनाउने प्रस्ताव पारित गर्यो।
2. केन्द्रीय समितिको 108 सदस्यहरुको सूचीमा संशोधन। सबै क्षेत्रहरुबाट पुनः सूची एक हप्ता भित्र संशोधित गरेर केन्द्रीय समितिमा पठाउनु पर्नेछ।
3. विजनबारि खण्ड समितिको निर्वाचित सचिव अनि सह सचिवको केन्द्रीय समिति द्वारा अनुमोदन।
4. नवगठित खम्बु राई भेषभुषा सुझाउ तदर्थ समितिलाई केन्द्रीय समिति द्वारा स्वीकृति।
5. केन्द्रीय समितिको एउटा उच्च स्तरको लबी समूह तयार गरिनेछ (कानुनी सल्हाकार श्री प्रणय राई द्वारा प्रस्तावित)।
6. सबै क्षेत्रहरुबाट राष्ट्रिय जनगणना को निम्ति भाषा र धर्म सम्बन्धी आ-आफ्नो निर्णय पारित गरि केन्द्रीय समितिलाई पठाउनु पर्नेछ।
उक्त सभामा चौरास्तामा हुने साकेला उभौली 2023 मा खम्बु सिली साथै खम्बु सांस्कृतिक संस्कार पनि प्रदर्शन गर्ने सभाले निर्णय गर्यो। साथ साथै सभाको अन्त्यमा साकेला उत्सव 2023 सफलतापूर्वक कार्यान्वयनको निम्ति दार्जीलिङ वरपर का सबै शाखाहरू मिलेर एउटा समिति श्री किशोर राई मुकारुङको नेतृत्वमा गठन गरियो, उक्त समितीले यो आउने दुई दिने साकेला उत्सवलाई प्रभावकारी र कुशलतापूर्वक व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ। आजको सभा श्री दिवस राईले सञ्चालन गर्नु भएको थियो भने सभाको मिनट बुक श्री भुपत राई, तुङसुङ, द्वारा लेखिएको थियो।
CLICK HERE TO DOWNLOAD REPORT OF GENERAL SECRETARY