Ultimate magazine theme for WordPress.

Central committee members visits Takhdah today

0 108

February 4, 2024: किराँती खम्बु राई सांस्कृतिक संस्थानको केन्द्रिय समिति सदस्यहरु आज तकदाह नौ नम्बर शाखाको निमन्त्रणामा तकदाह पुगेका थिए। माने डाँडा ग्राम पंचायत अन्तर्गत पर्ने तकदाह नौ नम्बर शाखाले आज एक कार्यक्रमकाे आयोजना गरेको थियो, उक्त ग्राम पंचायत क्षेत्रमा पर्ने सबै शाखाहरुकाे पदाधिकारी गणहरुलाई पनि निमत्याएको थियो। कार्यक्रममा बिशेष गरी केन्द्र समिति अनि शाखाहरु बिचमा अन्तर्क्रिया राखिएको थियो। उक्त सभामा संस्थानको जिल्ला अध्यक्ष श्री किशोर मुक्सुले केन्द्रमा भएको गतिविधिहरु र नयाँ संबिधानले दिएको प्रावधानहरु बिषयमा जानकारी गराउनु भयो। केन्द्रिय महासचिवले संस्थानले गरिरहेको कार्यहरू, संस्थानको उद्देश्य, यसको कार्य प्रणालीहरु सभालाई जानकारी गराएको थियो। केन्द्रीय समिति अध्यक्ष डाक्टर प्रताप सिंह राईले उक्त सभामा उपस्थीत सबैको जिज्ञासाहरु लाई सरल रूपमा प्रतिउत्तर तथा विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो।

केन्द्रिय समितिको अर्को भ्रमण खरसाङ महकुमा अन्तर्गत पर्ने शाखाहरुमा केही सप्ताह भित्र हुने अपेक्षा राखिएको छ।

Leave A Reply

Your email address will not be published.