Copyright©2022, KKRSS
Khambu Bantawa syllabus by Pritman Rai
कक्षा 4 सम्मको पाठ्यक्रम (बान्तावा) श्री प्रितमान राई बाट प्राप्त
-खम्बु राईहरूको निम्ति ठूलो उपलब्धि
February 26, 2024: 26 फेब्रुअरी (सोमबार): आज केन्द्रिय समिति काे एक टोलीले विजनबारी खण्ड स्थित गोक को भ्रमण गर्यो। सोही अवसरमा श्री प्रितमान राई लाई उहाँकै घरमा केन्द्रिय समितिकाे टोलीले भेट गर्यो। श्री प्रितमान राई लाई केन्द्रिय समितिले गत वर्ष नै खम्बु विद्यार्थीहरूको निम्ति कक्षा 4 सम्मको निम्ति पाठ्यक्रम तयारी गरिदिनु हुन अनुराेध गरेको थियो। ज्ञात रहोस्, श्री प्रितमान राई ले सिक्किम सरकारी विद्यालयहरुको निम्ति पहिले नै कक्षा 12 सम्मको लागि खम्बु पाठ्यक्रम तयार पारी सक्नु भएको छ। उहाँ अहिले सिक्किम सरकारी विद्यालयबाट सेवानिवृत्त हुनुहुन्छ।
आजको भेट मा उहाँले किराँती खम्बु राई सांस्कृतिक संस्थानको निम्ति कक्षा 4 सम्मको लागि खम्बु बान्तवा पाठ्यक्रम तयार गरी आज केन्द्रिय समितिलाई हस्तान्तरण गर्नु भयो। यस पाठ्यक्रम दस्तावेज लाई केन्द्रिय समितिकाे आउने सभामा अनुमोदनको निम्ति प्रस्तुत गरिनेछ।
श्री प्रितमान राई ज्यू ले खम्बु बान्तवा पाठ्यक्रम तयार गरिदिनु भएर सबै खम्बुहरुलाई ऋणी बनाउनु भएको छ, उहाँको यो महत्त्वपूर्ण योगदानलाई किराँती खम्बु राई सांस्कृतिक संस्थानले सधैं सम्झिरहनेछ।