Ultimate magazine theme for WordPress.

आगामी जनगणना तथा सामाजिक आर्थिक सर्वेक्षण सम्बन्धि अन्तरक्रियात्मक सभा

0 119

-जनगणना सुझाउ समिति गठन

-संस्थानको नयाँ अध्यक्ष श्री मेगराज राई सर्वसम्मतिले पारित

दार्जीलिङ, जुलाई १९: आज केन्द्रीय समितिले गोदुनिस लाईब्रेरी हलमा आगामी जनगणना तथा संस्थानले हालैमा पहल गरेको सामाजिक आर्थिक सर्वेक्षण विषय सम्बन्धि चर्चा परिचर्चा गर्यो। आजको सभामा डुवर्स, जलपाईगुडी, सिलिगुडी, कालिम्पोङ, खरसाङ, मिरिक, सुकिया, विजनबारी, रिम्बिक, बागडोगरा, पानीट्यांकी, क्षेत्रहरू बाट संस्थानको कार्यकारी सदस्यहरूको उपस्थिति थियो। संस्थानमा गरिने खम्बू राईहरूको आन्तरिक सामाजिक आर्थिक सर्वेक्षण गर्ने प्रक्रिया अनि यसको उपलब्धि विषयमा श्री एम एस राईले विस्तृत रूपमा सभालाई जानकारी गराउनु भयो। जसले आगामी जनगणना साथै जनजाति मुद्धा लाई पनि टेवा पुर्याउने श्री एम एस राईले बताउनु भयो। यस खम्बू राईहरूको सामाजिक आर्थिक सर्वेक्षण आउने एक महिना भित्र शुरू गर्नुपर्ने जोड श्री एम एस राईले सभामा राख्नु भयो अनि यस सम्बन्धित विषयमा अर्को कार्यकारिणी सभा यही एक हप्ता भित्र हुने निर्णय भएको छ। आजको दोस्रो स्रोत व्यक्ति संस्थानकै प्रमुख संरक्षक श्री सी आर राई ले आगामी जनगणना सम्बन्धि विषयमा सभालाई विस्तृत रूपमा जानकारी गराउँदै आगामी दिनमा खम्बू राईहरूले सबै पक्षलाई विश्लेषण गरि सावधानीपूर्वक निष्कर्ष मा पुग्नुपर्ने आफ्नो राय व्यक्त गर्नु भयो। त्यसै गरी आजको सभाको तेस्रो स्रोत व्यक्ति संस्थानको कानुनी सल्हाकार, श्री प्रणय राई ले राष्ट्रिय स्तरमा हुने आगामी जनगणना सबै गोर्खाहरु संग संगै खम्बू राईहरूको निम्ति पनि एक महत्वपूर्ण घटना हुनेछ र यसको निम्ति खम्बू राईहरू एकबद्ध हुनु जरुरी भएको विचार व्यक्त गर्नुभयो। यो आगामी जनगणनाको समय विषेश हुनेछ, जहाँ केन्द्र र राज्य सरकारलाई पनि खम्बुहरुको वास्तविक स्थिति दर्शाउनु पर्ने र प्रत्येक खम्बू राईले यो आउने जनगणना कार्यक्रममा सहभागी हुनुपर्ने बताए। तसर्थ, आज किराँती खम्बू राई सांस्कृतिक संस्थानले आगामी जनगणनालाई ध्यानमा राखी यस विषयमा कस्तो रणनीतिहरू अपनाउनु पर्ने भनेर आज एउटा जनगणना सुझाउ समिति (Census Advisory Committee) गठन गर्यो, समितिमा दार्जीलिङ पहाड, तराई डुवर्स सबै क्षेत्रहरुबाट प्रतिनिधिहरु समावेश गरिएको छ। उक्त समितिले सम्पुर्ण रुपमा जनगणना सम्बन्धि विषयमा अध्ययन गर्ने, साथै तल्लो तह देखि राष्ट्रिय स्थर सम्म सहकार्य गरि सर्वसम्मतीले निष्कर्ष निकाल्ने निर्णय गरिएको छ, जसको निम्ति आउने दिनमा यस समितिले गहन छलफल गर्ने आजको सभाले निर्णय गरेको छ। समितिको संयोजक डाक्टर एम के दुमी लाई नियुक्त गरेको छ।

धेरै दिन देखी संस्थानमा अध्यक्ष पद रिक्त भएको हुनाले, सोही अवसरमा दस सदस्यीय चुनाव समितिको अध्यक्ष श्री हेमु राईले आजको सभालाई अध्यक्ष पदको निम्ति प्रस्ताव राख्दा, आजको सभाले वर्तमान उपाध्यक्ष श्री मेगराज राईलाई, अध्यक्षको पदभार सर्वसम्मतीले सुम्पिएको छ।

Glimpses of the Meeting

Leave A Reply

Your email address will not be published.