Ultimate magazine theme for WordPress.

Untold story of Rai – Bhagat Bir Rai

0 411

Untold Story of Bhagat Bir Rai, who owned a Tea Garden in Darjeeling….

एउटा राईको कथा

दार्जीलिङ भेगमा प्रथम चिया खेती शुरु गर्ने वा पथ प्रदर्शक अंग्रेजबाहेक स्थानीय मूलका पनि तीनजना थिए जसका योगदानलाई कदापि भुल्न सकिन्न ।

ती तीनजना स्थानीय व्यक्तिहरू मध्ये एकजना भगत बीर राई थिए ।

भगत बीर राईले सन् 1835-मा नेपालको भोजपुरबाट श्रमिक ठेकादारको रुपमा कप्तान सिए लायड (General Lloyd)-को अधिनमा प्रथम सैनिक मार्ग पङ्खाबारीदेखि गुन्द्रीबजार (दार्जीलिङ) जाने निर्माण गर्न दार्जिलिङमा पाइला राखेका थिए । उनी निस्संदेह दुःसहासी अनि दूरदर्शी थिए अनि कालन्तरमा उनले आफ्नो मालिकहरूलाई कामले रिझाएनन् मात्र आफै पनि आर्थिक रुपमा सबल बन्न सक्षम भए । उनले 1845-मा सिम्रिकपानी किने, जो अहिले धोतरिया टी इस्टेट डिभिजन अन्तरगत अन्तर्भुक्त छ, अनि चियाको खेती शुरु गरे । उनले 1850-मा सौरेनी र फुगुढी पनि आफ्नो सम्पतिमा जोडे अनि त्यहाँ पनि चियाको खेती शुरु गरे ।

सिम्रिकपानी कमानको नामाकरण कसरी भयो भन्ने कुरा गर्दा भगत बीर राईले आफनो एकजना स्वास्नी ‘सिम्रिक’-को नाममा बगानको नाम राखेका हुन् भन्ने भनाइ छ ।

एउटा रोचक कथा के छ भने त्यो अंग्रेजको जमानामा भगत बीर राईले आफ्नो छोरा पढाउँन थोमस नाम भएको एउटा अंग्रेज शिक्षक राखेका थिए । तर ती शिक्षकले उनको छोरालाई मात्र होइन पिता भगत बीरलाई पनि यस्तो ज्ञान दिए कि उनले आफूसंग भएको बीसजना कमाराहरू दासत्वबाट मुक्त गर्न राजी भए । उनले ती दासहरूलाई मुक्त गरेको दिन उत्सव आयोजना गरेका थिए अनि त्यो दिन आफ्नो बंगलाको वरिपरि बीसवटा सौरको रुख रोपेका थिए । यसरी सौरेनी कमानको नाम ती बीसवटा सौरको रुखबाट नामाकरण भएको थियो ।

म भगत बीर राईले ती बीसजना कमाराहरू मुक्त गरेर उत्सव मनाएको पढ्दै गर्दा धुरुधुरु रोएको थिएँ । साँच्चै त्यो उत्सव मनाउँन लायकको दिन नै थियो ! ती बंधुवा मजदुरहरू मुक्त भएर कति हर्षित भएका थिए होलान् । ती मुक्त दासहरू कति रमाएका थिए होलान् । म त्यो उत्सवमा उपस्थित हुँदो हुँ त ती महान अंग्रेज मिस्टर थोमसको चरण स्पर्श गर्ने थिएँ ।

भगत बीर राईका बारे धेरै कुरा अज्ञात नै रहे । तर नेपालीहरूका लागि यो दुर्भाग्य नै भन्नुपर्छ कि उनका सन्ततिले उनले बडो कष्टले जोडेका सम्पति सञ्चय गर्न सकेनन् । अन्ततः 1910 –मा उनका सबै चिया बगानहरू अंग्रेजका हातमा पुगे ।
(श्री जेपी गुरुङद्वारा अंग्रेजीमा लिखित पुस्तकबाट साभार ।)

 

[Original link]

https://www.facebook.com/100008531013480/posts/2689059221388419/

Leave A Reply

Your email address will not be published.