Copyright©2022, KKRSS
Cleaning drive at Mahakal Dara Mangkhim premises
आज दिनांक 16/10/22 आईतबारको दिन राखिएको सरसफाई कार्यक्रममा किराँती खम्बु राई माङ्खीमका प्रमुख माङ्मा श्रीमती शोभा राई ज्यू द्वारा सांमखामा पूजा अर्चना गरि सुम्निमा पारूहाङप्रति बलबिन्ती मागी सरसफाई कार्यक्रम शुरू गरियो, उक्त कार्यक्रममा किराँती खम्बु राई सांस्कृतिक संस्थाका प्रमुख संरक्षक श्री सि आर राई केन्द्रिय सभापति डा° प्रताप सिंह राई माङ्खीम कमिटीका सभापति श्री किशोर मुग्सु राई सचिव श्री किशोर मुकारुङ् राई अनि अन्य कार्यकारिणी सदस्यहरु जसमा तुङसुङ् शाखा राजबारी, नगपालिका 30 No 13No 14No 18 No Aalu आलूबारी, भोटे बस्ती पान्दम शाखाबाट उक्त सरसफाई कार्यक्रममा 50 जना भन्दा बेसिले सहभागिता जनाई सरसफाई कार्यक्रम सफतापूर्वक पालन गरियो। सफाई कार्यक्रम सके पत्तचयात केन्द्रिय समिति प्रमुख संरक्षक केन्द्रिय समिति सभापति अनि माङ्खीम कार्यकारिणी सदस्यहरुको उपस्थितीमा माङ्खीम कमिटीको फेरबदल सम्बन्धी सरसल्लाह गरियो उक्त सरसल्लाहामा सर्वसमितिद्वारा यो आउँदो 06/11/22 आईतबारको दिन GDNS लाइब्रेरी हलमा माङ्खीम कमिटीको सभा राख्ने निर्णय गरियो उक्त राखिने सभामा गए शाल गठन गरिएको तदर्थ कमिटीलाई विघटन गरि नयाँ कमिटी पुर्ण रुपले दार्जीलिङ वरिपरिका सम्पुर्ण शाखाका कार्यकारिणी सदस्याहरुलाई लिएर निमन्त्रणा गरी उहाँहरुको उपस्थितीमा कमिटी गठन गर्ने निर्णय गरियो। आजको सरसफाई कार्यक्रममा किराँती खम्बु राई नाना निचामाहरुद्वारा चिया चमेना अनि खानापिना बनाएर सरसफाई गर्नेहरूलाई मात्र नभएर महाकाल डाँडा मन्दिरमा आउने भक्तजनहरुलाई पनि वितरण गरियो।
आजको सरसफाई कार्यक्रमकाे निम्ति जम्मा राशी 13076/- रूपियाँ जम्मा भएकोछ जसको विवरण चाडैनै कोषाध्यक्ष ज्युद्वारा वुलेटिन तयार पारी क कसले कति कति रुपियाँ आर्थिक सहयोग अनि माङ्खीममा चाहिने सर समान क कसले के के दान गर्नु भएको छ त्योपनि सबै चाँडैनै हजुरहरु समक्ष सार्वजनिक गरिने छ।
सुम्निमा पारुहाङको आशीर्वाद अनि उहाको कृपाले आउँदो साल पनि यसरीनै सरसफाई गर्ने कार्यक्रम गर्न सकौं भनी बल बिन्ती साथै उहाँ प्रति प्राथाना गर्दछौं।