Copyright©2022, KKRSS
KKRSS extends 14 sakhas in Rohini under Kurseong subdivision
September 29, 2023: Today marks a historic day for KKRSS. GP Ghaiyabari-1 and Ghaiyabari-3, under Kurseong subdivision, covering 14 villages within the Rohini region, left the All India Khambu Rai Association and officially joined KKRSS today.
रोहिणी मा KKRSS को शाखाहरू गठन
आज KKRSS को निम्ति एक इतिहासिक दिन भएको छ, खरसाङ महकुमा अन्तर्गत पर्ने ग्राम पंचायत घैयाबारी-1 अनि घैयाबारी-3 रोहिणी क्षेत्र भित्रका 14 वटा गाउँहरू समावेश गरेर जम्मा 4 वटा शाखाहरू अल इन्डिया खम्बु राई एसोसिएसन त्यागेर आधिकारिक रूपमा किराँती खम्बु राई सांस्कृतिक संस्थान सँग जोड्न सफल भएको छ।
रोहिणी चिसोपानीमा आज भएको किराँती खम्बु राई सांस्कृतिक संस्थानको केन्द्रीय समितिको सदस्यहरु, अध्यक्ष डाक्टर प्रताप सिंह राई, संस्थापक सदस्य श्री गजेन्द्र राई, केन्द्रिय समिति सदस्य श्री एम एस राई, खरसाङ महकुमा समितिको प्रमुख सल्हाकार, संस्थापक सदस्य श्री बी आर राई, महा सचिव उद्यान राई, जिल्ला सचिव किशोर राई, सदस्य श्री अनिल राई काे उपस्थितिमा भएको सभामा चार वटा शाखाहरूको अध्यक्षहरु अनि सचिवहरुलाई संस्थानको संविधान, अनि व्यतिबुङ प्रदान गरिएको थियो। सभा स्थानीय शाखा द्वारा नै सञ्चालन गरिएको थियो। रोहिणी शाखाहरूकाे संयोजक श्री राजमान राई लाई सर्वसम्मतिले चुनिएको छ साथै चाँडै खरसाङ महकुमा समिति मा महत्वपुर्ण कार्यभार सुम्पिने खरसाङ महकुमा समितिको प्रमुख सल्हाकार श्री बी आर राईले आजको सभामा आश्वासन दिनु भयो।
साथै आजको सभामा उपस्थित स्थानीय दुई माङ्पाहरुलाई पनि केन्द्रीय समितिले व्यतीबुङ द्वारा सम्मान गरिएको थियो।