Ultimate magazine theme for WordPress.

Wisdom Knot

0 58

सेवा!🙏

किरात चाड उभौलीको हार्दिक शुभकामना साथै बुनछत बारे केही जानकारी राख्दैछु!🙏 💐💐💝💝

#बुनछत#
बुनछत किरातिहरुको परंपरागत मौलिक सास्कृतिक गहना हो। यसलाइ विभिन्न भाषी किरातिहरुले आ-आफ्नै भाषामा यसलाई चिन्ने गर्नुहुन्छ।
बुनछत बान्तावा भाषाबाट राखिएको नाम हो।
यसको शाब्दिक अर्थ
बुन=चिनो, चिन्ह,
छत=बन्धन, बाँधेको
भनेर बुझाउदछ।
बुनछत लगाउनुको कारण किरात राइहरुमा यस्तो मान्यता रहेको छ।
१) ज्ञान(चेतना बुद्धि)
२) सान(शक्ति)
३) रक्षा(सुरक्षा)

त्रीशक्तिको प्रतीक स्वरुप किरातिहरुमा बुनछत पहिरिने प्रचलन रहि आएको छ।
बुनछतलाइ माया प्रेमको प्रतीकको रुपमा पनि युवा पुस्ताले मायाको चिनोको रुपमा आफ्ना प्रेमी प्रेमिका बिच साटासाट गर्ने चलन रहेको छ। आफ्नो प्रेम सफलताको निम्ति हरसमय बुनछत पहिरिने चलन छ। त्यसैले बुनछतलाई माया प्रेम र सदभावको प्रतीकको रुपमा पनि पहिरिने गरिन्छ।

बुनछतलाइ उहिले पुर्खाहरुले ज्ञान, विवेक, चेतनाको प्रतिक स्वरुप आफ्नो शरिरमा गहनाको रुपमा धारण गर्ने प्रचलन थियो।
पुरुषहरुले भोटो, दौरा र महिलाहरुले चोलिको तुनामा (आम्ला, छिन्ला बुङ) सुनाखरिको फुल जस्तै रंगिन धागोको फुलको गुच्चा(धजुरा) संगै पहिरिने चलन थियो।

साना नानिहरुलाइ गलामा माला लगाइदिने त्यसैगरी नानी बोक्ने कोक्रोहरुमा पनि बुनछत बाधिदिने चलन थियो।

अहिले बुनछत लोपोन्मुख अवस्थामा पुगेको प्राचीन किराँती गहना हो। किराति समुदायले नै भुल्न लागेको यो प्राचीन सांस्कृतिक गहनालाई नयाँ पिँढिमा नयाँ ढंगले पुनर्स्थापित गर्नुपर्ने देखिएको छ। त्यसको निम्ति समबन्धित संस्था ब्यक्ती र वौदिक वर्गको तर्फबाट बुनछतको ऐतिहासिक, सास्कृतीक, वैज्ञानीक महत्वको बारेमा अध्ययण, खोज, अनुसन्धान र बहस हुन जरुरी देखिएको छ!

यो बुनछतको बनावट अनुसार अनवरत रुपमा धुमेर बनेका तिनवटा गोलाइले किरातिहरुको आस्थाको केन्द्र तिन चुलाको प्रतिकको रुपमा पनि चिनाउदछ।
किराँती संस्कार, संस्कृतिमा तीन संख्यालाइ शुभ वा सत्यको प्रतीक मान्ने चलन छ। यो तीन संख्या लाई सृष्टिको आधार पनि मानिन्छ।

आकाश, धर्ती र हावा यिनै तीन तत्वको बिचमा सृष्टि सम्भव भएको छ। आकास र धर्तिको मिलन गराउने आधार खुल्ला भाग अथवा हावा नभए सृष्टि असम्भव छ। त्यसैगरि धर्ती सृष्टिको पहिलो आधार हो। त्यसैगरि अनन्त आकाशले अनन्त सृष्टिलाइ सुरक्षित गरेको छ।
धर्ति र आकाशको बिचमा रहेको खुल्ला हावाले सृष्टिलाइ संञ्चालन गरिरहेको छ। त्यसैले त्यही शृष्टिको उत्कृष्ट प्राणि हामी हेन्कुबुङ(मानव) अस्तित्वमा छौं!

त्यसैले यी तीन तत्व आकाश धर्ती र हावाको सम्युक्त मिलनमा सृष्टि सम्भव भएको भनेर पनि बुनछतले अर्थ राखेको छ।

त्यसैले हामी बुनछतलाइ व्यवसायिकरुपमा उत्पादन गरि यसको संरक्षण गर्ने अभियानमा छौं!

बुनछत चाहिएमा हामिलाइ सम्झनुस है त!🙏🙏

Leave A Reply

Your email address will not be published.