Ultimate magazine theme for WordPress.

Sakela Uvauli 2024 Utsav at Chowrasta

0 61

May 25 & 26: KKRSS celebrated the Sakela Uvauli 2024 at the Chowrasta premises on May 25 & 26. KKRSS members from across the Darjeeling hills, Tarai and Dooars were present to celebrate the festival. Sili Utsav was held on May 25, in the presence of Darjeeling Municipality chairman as the Chief Guest of the Day. A total of 15 Sili teams have participated in the Sili competition, and the result was withheld till May 26, to be announced by in the main event. There were 6 jury members to judge the Sili competition. Over 25 stalls were displayed to showcase the Khambu culture and ethnic foods in the festival.

The second day, May 26, was the main event day, the rally was organised from the railway station to Chowrasta, headed by the Mangpas/Mangmas, chief guest, distinguished guests and all the members present. The chief guest of the event was Chief Minister of Sikkim, Hon’ble Prem Singh Tamang, and the special guest was GTA chief, Shri Anit Thapa. Guests from Sikkim, President Shri Mohen Dungmali, Dr. S. K. Rai, Shri Bhojraj Chamling, etc. were also present at the festival. Followed by the Speech of the Chief guest and Special guest, Sili winners were announced as Team Harsingh Sakha – First, Team Bagdogra Sakha – Second and Team M. M. Tarai Sakha – Third. Trophies and cash prizes were handed over to winners by the Chief guest. It was singer Melina Rai, who performed outstandingly at the Chowrasta as the main event. Chowrasta was totally packed tied during her performance, as if all the members were waiting only for her. Singer Uday and Manila Sotang also performed at the festival. The Festival was successfully held.

 

Message from General Secretary:

सेवा सेवान्ने, 🙏

यस वुलेटिन केही कारणवश ढिलो प्रकाशित हुन गएकोमा हामी क्षमा प्रार्थी छौ।

केन्द्रीय समितिले जुन प्रकारले साकेला उभौली 2024 को अवसरमा सिली प्रतियोगिताको आयोजना अनि सञ्चालन गरिएको थियो, यो खम्बु समुदायमा नै पहिलो पटक भएको छ। यस सिली प्रतियोगिता बिज्ञ 6 जानाको निर्णायक टोली द्वारा निर्णय गरिएको थियो, हर्सिङ शाखा प्रथम, बागडोगरा शाखा दोस्रो अनि एम एम तराई शाखा तेस्रो विजय सिली टोली भएका थिए। उक्त विजय सिली टोलीहरुलाई सिक्किमका माननीय मुख्य मंत्री अनि जी टी ए प्रमुख द्वारा सम्मानित गरिएको थियो। साथ साथै हाम्रो समाजमा विशेष योगदान दिनुभएर खम्बुहरुलाई गर्व तुल्याएका विशिष्ट 10 खम्बु व्यक्तित्वहरूलाई पनि यही अवसरमा केन्द्रीय समितिले सधैं झै सम्बर्दना जनाएको थियो।न्द्रीय समिति द्वारा आयोजित, यसपालीको उभौली साकेला उत्सव 2024, भव्यताको साथ सम्पन्न भएको छ। यो एउटा इतिहासिक उत्सव थियो। यो खम्बु राईहरुको एक प्रतिष्ठित उभौली साकेला चाड मात्र नभएर यो एउटा बिशेष पहिलो इतिहासिक सिली उत्सव पनि थियो, जसमा सम्पुर्ण दार्जीलिङ पहाड, तराई दुवर्स सबै क्षेत्रहरू बाट जम्मा 15 वटा सिली टोलीहरुले यस सिली उत्सवमा सहभागिता जनाएको थियो, साथ साथै सिक्किम अनि दार्जीलिङ पहाडको प्रमुख व्यक्तित्वहरुको उपस्थिति पनि थियो। सिक्किमको माननीय मुख्य मंत्री श्री प्रेम सिंह गोले मुख्य अतिथि अनि जी टी ए का प्रमुख श्री अनीत थापा, विशिष्ट अतिथि भएर यस साकेला उभौली 2024 लाई ससम्मान गर्नु भएको थियो, यो एक इतिहासिक पहल थियो, जहाँ सिक्किम अनि दार्जीलिङ पहाडको शीर्ष व्यक्तिहरु एकै ठाउँ, एकै साथमा स्थान ग्रहण गर्नु भएको थियो अनि हाम्रो खम्बु समुदायलाई मात्र नभएर समस्त गोर्खा समुदायलाई उहाँहरू दुवै विशिष्ट अथितिहरुले सम्बोधन पनि गर्नु भएको थियो।

यस वर्षको अर्को विशेषता, चौरास्ता परिसरमा दुईदिने खम्बु उत्सव साकेला उभौली 2024 को आयोजित उत्सवलाई अझ प्रोत्सान गर्न नेपालकी प्रख्यात गायिका मेलिना राईले कार्यक्रमलाई उत्कृष्टमा पुराएकी थिईन्। हाम्रो आग्रह मा एक घण्टाको निम्ति सांगीतिक प्रदर्शन गर्न निम्त्याएको मेलिनाले झण्डै 3 घण्टा उत्कृष्ट प्रदर्शन गरेकी थिईन्। त्यस्तै प्रकारले प्रख्यात गायक उदय-मनिला साथै नेपालकै अन्य दुई लोकप्रिय खम्बु गायकहरु सुवरा बाङदेल अनि मन थुलुङले पनि यस साकेला उत्सवमा सहभागी भई कार्यक्रमलाई एक स्मरणीय साकेला उत्सव बनाएको छ।

यस दुई दिनको उत्सवलाई कार्यान्वयन गर्न केन्द्रीय समितिले दार्जिलिङ शहर वरिपरिका सबै शाखाहरुलाई समावेश गरी 14 वटा समूहहरू तयार पारी, विशेष कार्य सुम्पिएका 18 जाना संयोजकहरूको अथक प्रयासले यस साकेला उत्सव सम्भव भएको थियो, जसको श्रेय सबै संलग्न शाखाहरुलाई जानेछ, साथै यस साकेला उत्सवमा प्रत्यक्ष संलग्न भै आफ्नो अनुगमन र दक्ष निर्देशन गर्नुहुने हाम्रा कानुनी सल्हाकार श्री प्रणय राई, प्रमुख संरक्षक श्री सी आर राई, संस्थापक सदस्य श्री हेमू राई लाई विशेष रूपले बड़े बड़े अलाङने भन्न चाहन्छौ।

अन्तमा, किराँती खम्बु राई सांस्कृतिक संस्थानका सबै सदस्यहरू, कार्यकारी सदस्यहरू, सिली टोली सदस्यहरू, किरुवाहरु जो सम्पुर्ण दार्जीलिङ पहाड, तराई, दुवर्स क्षेत्रहरु बाट यहाँ आई यस साकेला उत्सव 2024 मा सहभागिता जनाई कार्यक्रम लाई भब्यताको साथ सफल तुल्याई दिनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। साथै हामी बाट केही त्रुटि हुन गएकोमा हामी क्षमा प्रार्थी छौं।

किखरासांसं द्वारा २०२४ सम्मानित खम्बुहरु:

१. डा. किशन राई, दार्जीलिङ

२. श्री प्रलाद थुलुङ राई, दार्जीलिङ

३. श्री विक्रम राई, खरसाङ

४. डा. गौरव दीप राई, दार्जीलिङ

५. डा. दुर्गा प्रसाद राई, सिक्किम

६. डा. प्रणव राई, सिक्किम

७. श्रीमति मञ्जु राई, दार्जीलिङ

८. डा. गौरव बाङ्देल राई, सिक्किम

९. ले. कर्णेल जे डी राई, दार्जीलिङ

१०. डा. प्रतिमा चाम्लिङ राई, मिरिक

प्रतियोगितामा सहभागी सिली टोलीहरू:

१. हरसिङ शाखा                             २. बागडोग्रा शाखा

३. एम एम तराई शाखा                    ४. रिम्बीक शाखा

५. सोनदाह शाखा                           ६. मिरिक निगाले शाखा

७. घूम शाखा                                 ८. पानी ट्यांकी शाखा

९. मानेभञ्ज्याङ शाखा                   १०. रामपुरे शाखा

११. राङभाङ शाखा                        १२. मार्गरेट होप शाखा

१३. मिरिक ओकाईटी शाखा          १४. डुङगना विजनबारी शाखा

१५. प्रगतिग्राम वार्ड नं १८ शाखा, दार्जीलिङ

विजेता सिली टोलीहरू:

१. हरसिङ शाखा

२. बागडोग्रा शाखा

३. एम एम तराई शाखा

प्रतियोगीता निर्णायक सदस्यहरू:

१. श्री सुनील राई, दार्जीलिङ

२. श्री एम सी राई, रिम्बिक

३. श्री मणिकुमार राई, सिलिगुडी

४. श्री श्री बिरेन्द्र राई, रिम्बिक

५. क्याप्टेन एम बी राई, बागडोग्रा

६. श्री युवराज राई, राङभाङ

अलाङने! 🙏

उद्यान चाम्लिङ, महासचिव,

केन्द्रीय समिति, किराँती खम्बु राई सांस्कृतिक संस्थान।

 

मई २६, २०२४, चौरास्तामा परिसरमा आयोजना भएको साकेला उभौली उत्सवको अवसरमा कार्यक्रमको बिशिष्ट अतिथि जीटीए मुख्य कार्यपाल अनित थापा द्वारा सम्बोधन: –

किराँती खम्बु राई सांस्कृतिक संस्थानको यस साकेला पर्वमा निमन्त्रणा गरेर जुन सम्मान दिए, त्यस सम्मानको निम्ति म धेरै धन्यवाद दिँदछु। आज यस साकेला उभौली पर्वमा सिक्किममा मुख्यमन्त्री पीएस गोले उपस्थित छन्। उनी गोर्खा समुदायको गौरव हुन् अनि अभिभावक पनि हुन्। राजनीति आफ्नु आफ्नी स्थानमा छ, यति ठुलो ओहोदामा पुगेका मुख्यमन्त्री प्रति म गर्वित महसुस गर्दछु साथै हामी सबैले गर्व गर्नुपर्छ। आज यस साकेला पर्वमा सबैलाई बधाई दिँदछु। जातीय मुद्दामा एक भएर अघि बडनुको निम्ति गोर्खा 11 जातगोष्ठीको मुद्दालाई यहाँ सिक्किमका मुख्यमन्त्री माननीय मुख्य मन्त्री ज्यू लाई नै अघि लगेर जाइदिने म आज अनुरोध गर्दछु। भाषाको आन्दोलनमा पनि सिक्किमको दिवंगत मुख्यमन्त्री नरबहादुर भण्डारीको नेतृत्वमा सफल भएको थियो। यो जनजातीको मुद्दालाई फत्ते गर्नु छ, यसको निम्ति म सदैव यहाँको साथमा रहने छु। सिक्किमको विधानसभा चुनाव समाप्त भयो। अब आगामी सरकारको निम्ति यहाँलाई अग्रिम बधाई दिँदछु।

 

सिक्किमका माननीय मुख्यमन्त्री प्रेम सिंह गोले, मुख्य अतिथि, साकेला उभौली २०२४, को सुअवसरमा दार्जीलिङको चौरास्ता परिसरबाट दिनु भएको वक्तव्य:

म आज यस साकेला कार्यक्रममा सिक्किम राज्यका धेरै डाक्टरहरुलाई पनि सम्मान जनाइकोमा म हर्ष प्रकट गर्दै आभार आज दार्जीलिङको परिवारको सदस्य भएर आएको छु। मलाई निम्तो दिएकोमा म किराँती खम्बु राई सांस्कृतिक संस्थानलाई धेरै धेरै धन्यवाद दिँदछु। आज दार्जीलिङले उभौली साकेला पालन गर्छ भने सिक्किम राज्यले उधौली साकेला पालन गर्नेछ। त्यस उधौली कार्यक्रममा दार्जीलिङबाट पनि सहभागीको निम्ति आज यही बाट अग्रिम निम्तो दिइहेको छु।

आज यस साकेला कार्यक्रममा सिक्किम राज्यका धेरै डाक्टरहरुलाई पनि सम्मान जनाइकोमा म हर्ष प्रकट गर्दै आभार व्यक्त गर्दछु। अब सिक्किमको एस.एन.टी. अस्पतालमा राज्य बाहिरका रोगीहरुको निम्ति योजना आरम्भ गर्दैछौ। जसमा उनीहरुलाई असल र सफल सेवा पुर्‍याउन 3 लाख रुपियाँ बराबरको उपचारमा केवल 30 हजार रुपियाँमा मात्र सेवा पुर्‍याउने छौ।

आज मैले कुनै राजनैतिक विचार लिएर तथा पोलिटिकल मोटिभ लिएर आएको छुइना। सिक्किम अनि दार्जीलिङमा अब चुनाव पनि सक्यो। राजनीति देखि अलगै रहेर आजको यस भव्य अनि ऐतिहासिक कार्यक्रममा आएका हु। सरकार र प्रशासनले मात्र आफ्नो भाषा, भेषभुषा अनि संस्कृति बचाउन सक्किन, सबै क्षेत्रबाट यो कार्यमा लागिपर्नु पर्छ।

सबैको एकता हुनुपर्छ, किराँती खम्बु राई सांस्कृतिक संस्थान, केन्द्रीय समितिको माध्यम बाट दार्जीलिङ पहाडका सबै एक भएर ऐतिहासिक चाड मनाउन पाएका छौं। हामी विदेशमा बस्दा अनि आफन्त देखी टाडा बस्दा मात्र आफ्नो भाषा, जाती र भेषभुषाको माया र याद आउने गर्छ। जुनै पनि देशमा बसेका भारतीयलाई भारतको राष्ट्रिय गान सुन्दा रौंउ खडा हुनेगर्छ। त्यो आफ्नुपन हो।

आज राजनीति आफ्नो आफ्नो ठाउमा छ। आज जीटीए प्रमुख अनित थापाज्यूले भने झैँ सिक्किम, दार्जीलिङ र पश्चिम बंगालमा आफ्नो आफ्नो राजनीति छ, तर हामी राजनीतिमा हस्तक्षेप गर्दैनौ, गरेका पनि छैनौं, तर कतिवटा यस्तो मुद्दा छ जुन मुद्दाहरु हामीसंगै मिलेर लड्नु पर्छ। यसतो उदाहरणमा नेपाली भाषाको सफलता पनि छ।

हालमा दार्जीलिङको 11 जातगोष्ठी अनि सिक्किमको 12 जातगोष्ठीलाई जनजातीको सूचीमा समावेश गर्नु एक गम्भीर मुद्दा रहेको छ। यो सबैको मुद्दा हो। सबै मिलेर अघि बडाउनु पर्छ। यो मुद्दालाई सिक्किम विधान सभाबाट बील पारित गरेर केन्द्रमा पठाएका छौ। पश्चिम बंगालबाट पनि पठाएको छ।

छिमेकी आफतको समयमा काम लाग्ने व्यक्ति हो। दमकल भन्दा छिटो छिमेकी आइपुग्छ। यसतो सम्बन्ध दार्जीलिङ, सिक्किम र कालेबुङको छ। राजनीति भन्दा टाडामा रहेर एक अर्कामा सहयोग गर्नेछौ।

Leave A Reply

Your email address will not be published.